काठमाडौ, काठमाडौं जिल्ला अदालतले नक्कली प्रमाणपत्र प्रकरणमा पक्राउ परेका सांसद डा. सुनिल शर्मालाई थुना बाहिरै राखेर अनुसन्धान गर्न आदेश दिएको छ ।
थुनाका लागि म्याद लिन पुगेको सरकारी वकिललाई अदालतले शर्मालाई थुनामा राख्न नपर्ने आदेश सुनाएको हो । जिल्ला न्यायाधीश दन्डपाणी शर्माले थुना बाहिर राखेर अनुसन्धान गर्न भनेका हुन् ।
शर्मालाई नक्कली प्रमाणपत्र प्रकरणमा सीआइबीले बिहीबार पक्राउ गरेको थियो । नक्कली प्रमाणपत्र प्रकरणमा पक्राउ परेका शर्माबाहेक अन्य पाँचजना चिकित्सकलाई पाँच दिनको समय दिइएको छ ।
बिहीबार सीआईबीले शर्मासहित महोत्तरीका डा. रञ्जितकुमार यादव, त्रिवि शिक्षण अस्पतालमा कार्यरत डा. अमित चौधरी, रौतहटका डा. रामबाबु यादव र डा. एरिना शाहलाई पक्राउ गरेको थियो ।
यस्तै, शुक्रबार इशान बाल अस्पतालमा कार्यरत चिकित्सक श्रद्धा शिल्पकार र सुमेरु सिटी अस्पतालकी डा. पुनम थापा चौधरी पक्राउ परेका छन् ।
प्रतिक्रिया