क्यानडामा नेपालीहरुको व्यावसायिक संलग्नता : एक टिपोट

डा. गाबिन्दसिंह रावत २०८० साउन २५ गते २३:५७ मा प्रकाशित

नेपालीहरु नेपाल छोडेर कहिलेदेखि बिदेशिनु थालेको भन्नेबारे कुनै लिखित प्रमाण नभेटिए तापनि गौतमबुद्धको निर्वाण प्राप्तीका लागि भारत प्रवेशबाट नै सम्भवतः शुरुभएको हाम्रो विदेशिने क्रम अरनिकोबाट लिएर सीता, भृकुटी, त्रिपुरासुन्दरी, अनि राजघरानाका छोरी आदि धेरैनै नेपाली चेलीहरुको विवाह देशबाहिर गर्ने गराउनेबाट लिएर तत्कालिन प्रचलन अनुसार छोरीचेलीसँगै सुसारेहरु पनि लिएर जाने परम्परा रहेको पाइन्छ । त्यसपछि बृटिश गोर्खा सैनिक बनेर पलायन भएकाहरुबाट लिएर दुई छाक गाँसको व्यवस्था गर्न उर्बर भूमि खोज्दै मजदुरी गर्न निस्केका नेपालीहरु कालान्तरमा त्यहीँ मुलुकमा घरजम गरेर बस्न थालेको इतिहास भारत, तिब्बत, वर्मा, थाईल्याण्ड, हङ्गकङ्ग, भुटानसँगै फिजी, कम्बोडिया र बेलायतमा रहेका नेपालीहरुबाट थाहा पाइन्छ । आजको मितिमा नेपालीहरुको प्रवासिने क्रम विश्वव्यापी बन्दै गएको छ र यो क्रम दिन–प्रतिदिन बढ्दै गईरहेको छ । भनिन्छ भृकुटीको विवाहमा उनले लिएर गएका भान्सेहरुमा एकजना मःमः बनाउने पनि थिए । अनि यसरी मःमः नेपालबाट तिब्बत पुगेर चिन हुँदै एशिया अनि आज विश्वभरी नै चर्चित खाद्यान्न बन्न पुगेको छ

आगमनको थालनी

अमेरिकापछि उत्तर अमेरिकाको अर्को विकसित तथा भविष्यको संभावना रहेको भूमिका रुपमा क्यानाडालाई लिने गरिन्छ । क्यानाडामा आप्रवासी आगमनको इतिहास धेरै पुरानो रहेको देखिन्छ । एकातिर बेलायत र अमेरिकाले क्यानाडालाई आफ्नो प्रयोगभुमीका रुपमा उपभोग गर्न चाहन्थ्यो भने अर्कोतिर फ्रान्सले पनि क्यानाडालाई आफ्नो अधीनमा राख्न प्रयास गरेको देखिन्छ । यहाँका आदिवासीहरु (इण्डियन) लाई अधिनमा राख्दै अमेरिका, बेलायत, फ्रान्सले आफ्ना सैनिकहरुलाई क्यानाडामा स्थायित्व प्रदान गर्ने क्रम १७८० देखि शुरु भएता पनि सन् १८१२ देखि १८१५ सम्म चलेको एङ्लो अमेरिकन युद्ध (Anglo American War) पछि बेलायती, अमेरिकन र फ्रान्सिसीहरुको आगमनको थालनी भएको थियो । बाहिरी मुलुकबाट क्यानाडामा पाईला टेक्ने क्रम १८८५ देखि चिनियाहरुको आगमनबाट भएको थियो । त्यसबेला क्यानाडा आएका चिनियाहरुमाथि टाउकोको कर(Head Tax) लाग्ने गर्थ्यो । भारतको पञ्जाबबाट १९०२ मा ब्रिटिस कोलम्बियामा पंजाबीहरुको आगमन शुरु भएपछि आप्रवासी आगमनको इतिहास बन्दै गयो । क्यानाडामा नेपालीहरुको आगमनको थालनी कहिले र कोबाट भयो भन्ने बारेमा कुनै लिखित दस्तावेज प्राप्त नभए तापनि आगमनको इतिहासको थालनी दोस्रो युद्धपछि भएको थियो । दोस्रो युद्धपछि बेलायती सेनामा रहेका क्यानाडाका सैनिकहरुले युद्धताका आफ्नो समकक्षी सहयोद्धा रहेका गोर्खा सैनिकहरुलाई मानवीय क्षेत्रमा सहयोग गर्न गोर्खा वेल्फेयर अपिल (क्यानाडा) स्थापना गरेका थिए । यही संस्थाका माध्यमबाट केही भुतपुर्व सैनिकहरुले क्यानाडाको भुमीमा पाईला टेक्ने मौका पाएका थिए । यहीबाट नेपाली (गोर्खाली) को आगमनको इतिहासको सीमारेखा तान्न सकिन्छ । त्यसपछि पचासको दशकदेखि नेपालीहरुहरुको आगमन क्यानाडामा हुन थालेको देखिन्छ । मैले गरेको अनुसन्धान र अहिलेसम्मको जानकारी अनुसार सन् १९६० मा दार्जिलिङ्गबाट आउनु भएका लादन दम्पत्तीलाई नै क्यानाडा आउने पहिलो नेपाली भाषीका रुपमा लिन सक्छौं । हुन त वहाँहरु भारतको दार्जिलिङ्गबाट आए तापनि नेपाली समुदायको आगमनको थालनी वहाँहरुबाट भएकोमा नकार्न सकिदैन । लादन दम्पत्तिले टोरोन्टोमा गोर्खा सेनाहरुलाई बोलाएर नेपाली संस्कृति पस्कने काम समेत गर्नु भएको थियो ।

सन् १९७९ मा किरण ढुङ्गाना आदिको आगमन भएको जानकारी पाइन्छ । उनको आगमनपछि नेपालीहरुका बीच मेलमिलाप बढ्दै जान थाल्यो । उनले सन् १९९१ मा नेपाली एशोसिएसन इन क्यानाडा – नेक (एन.ए.सी.) को स्थापना गराएर नेपालीहरुलाई एउटै चौतारीमा उभ्याउने कामको थालनी गरेका थिए । नेकबाटै सन् १९९१ मा किरण ढुङ्गानाको सम्पादनमा ‘न्यूज लेटर’ को प्रकाशन भएको देखिन्छ । किरणकै प्रयासबाट सन् १९९२ मा ‘नेपालिज कम्युनिटी नेटवर्क अफ क्यानाडा’ (एन.सी.एन.सी.) को स्थापना भएपछि लाली गुँरास अनि पछि गएर दियालोको प्रकाशित हुन थाल्छ । क्यानडामा नेपाली भाषाको रेडियो २००६ देखिनै ‘नमस्ते रेडियो’ अनिल थापा, अनिल ओझा र गोबिन्द रावतको पहलमा शुरु भएको थियो । २००६ मा गोबिन्दसिंह रावतको संपादनमा खबर संप्रेषण, हरी शिवाकोटीको संपादनमा क्यानेभिजन अनलनईन पत्रिका देखा पर्छन् । सन् २०१५ मा संजिव रिजालको संयोजकत्वमा एउटा समिति बनाएर ‘नेपाल टिभी क्यानडा’ को स्थापना गराएर रोजर्स केबल टेलिभिजनका माध्यमबाट मार्च १४, २०१५ देखि टिभी प्रशारण हुन्छ । तर यसले निरन्तरता पाउन सक्दैन । आज बुद्धीसागर बस्याँलले ‘नेपाल टिभी क्यानडा’ को नामबाट अनलाईन टिभी संचालन गर्दै आएका छन् । त्यसपछि जनवरी २०१७ मा ‘माउण्ट एभरेष्ट टेलिभिजन, क्यानडा’ अन लाईन टेलिभिजन शुरु भएको देखिन्छ । वसन्त कार्की र डा. पुर्ण कडेँलले संचालन गर्दै आउनु भएको छ । नेपाल मिडियाको नामबाट नेपाली अनलाईन टेलिभिजन ‘नेपाल कान्ति टिभी’ को संचालन पनि हुदै आएको छ भने डा. पुर्ण कडेँलले भर्खर ग्लोबल क्यानडा टिभीको नामबाट अनलाई टिभी कार्यक्रम शुरु गर्नु भएको छ । अन लाईन टेलिभिजन मार्फत ईश्वर थापा र रामकाजि मोक्तानले पनि आआफ्नै कार्यक्रम बनाएर प्रशारण गर्दै आएका छन् । क्यालगरीबाट कुसुम ज्ञवालील अनलाईने ‘नेपाली रेडियो क्यालगरी’ संचालन गरेको पाइन्छ ।

क्यानडाबाट आजको मितिसम्म चलचित्र निर्माणको क्षेत्रमा ईश्वर थापाको ‘म रेसिस्ट होईन (२०१७) र ‘अमेरिकन बाबु मेड ईन नेपाल’ (२०१९) र नब्बेको दशकदेखि नै मार्सल आर्टको कक्षा संचालन गर्दै आएका राजकुमार राईको ‘सोल अफ द कमाण्डो’ (२०२२) चलचित्र निर्माण भई प्रदर्शन भएको देखिन्छ ।

पेशागत संलग्नता

क्यानडामा नेपालीहरुले कहिलेदेखि व्यापार व्यवसाय गर्न थाले भन्नेबारे कतै लिखित जानकारी पाइदैन । क्यानडामा अध्ययन र अन्य कारणबाट आएका नेपालीहरुले अध्ययन गरी उच्चशिक्षा लिएपछि अध्यापन, आर्थिक सल्लहाकार, कृषि विज्ञ, चिकित्सक, अर्थ विज्ञ,ईञ्जिनियर, चार्टर एकाण्टेन्ट, आर्किटेक्ट, आई.टी. विशेषज्ञ, कम्प्युटर विज्ञ, नर्स, अनुसन्धान कर्ता, सेफ, रियलइस्टेट एजेन्ट, मार्सल आर्ट ईन्सट्रक्टर, निर्माण कन्टेक्टर आदि विभिन्न पेशामा रहेको पाइन्छ । धेरै अगाडिदेखि क्यानडामा बस्दै आउनु भएकाहरुका माध्यमबाट यस्ता जानकारीहरु संकलिन गर्न सकिन्छ । मैले बुझेअनुसार सन् १९६१ राजजीत सिंह कट्टोजलाई व्यापारको सिलसिलामा क्यानाडा आएका पहिलो नेपाली व्यापारीका रुपमा लिन सक्छौं । त्यस्तै अरु पेशामा भएको संलग्नता बारे बुझ्दा सन् १९७३ मा क्यानाडाको विनिपेगमा आउनु भएका लक्ष्मण त्रिपाठीले कृषि विशेषज्ञ भएर मनिटोबामा सेवा प्रदान गर्नु भएको थियो । सन् १९७१ मा अध्ययनको सिलसिलामा क्यानाडा आउनु भएका डा. कुञ्जर शर्मा हाल विशाल टोरोन्टोका लागि अवैतनिक महावाणिज्य दुतका रुपमा आफ्नो सेवा प्रदान गर्दै आउनु भएको छ । वहाँले ‘कुञ्जर शर्मा एण्ड एशोसिएट ईङ्क’ का माध्यमबाट बैंकरप्सी (व्यापार आदि व्यवसायमा बेहोर्नुपरेको आर्थिक क्षतिबाट गरिने उद्धार) गर्ने संस्था संचालन गर्दै आउनु भएको छ । डा. शर्मा विशाल टोरोन्टोका नेपालीहरुको अविभावकका रुपमा पनि रहँदै आउनु भएको छ । सन् १९७३ मा अटवामा आउनु भएका राधा बस्नेत हालसम्म पनि समाजसेवीका रुपमा कार्यरत् हुनु हुन्छ । वहाँले अटवामा घरजग्गा भाडामा दिने व्यवसाय गर्दै आउनु भएको छ । क्यानडामा नेपाली संघसंस्थाको स्थापनामा सक्रिय भएर लाग्ने पहिलो महिला राधा बस्नेत एन.आर.एन. क्यानाडाको स्थापना कालदेखि नै आवद्ध भएर सहयोग गर्दै आउनुभएको छ । सन् १९७४मा आउनु भएका डा. कुमुद शर्मा प्राध्यापन पेशामा आउने पहिलो नेपालका रुपमा परिचित हुनु हुन्छ । सन् १९७५ मा अटवालाई आफ्नो कार्यक्षेत्र बनाएर आउनु भएका डा.जपनारायण श्रेष्ठले तीस वर्षसम्म संघीय सरकारको वरिष्ठ वैज्ञानिक पदमा आफ्नो सेवा प्रदान गरेर हाल क्युबेक प्रान्तको लेनेक्स मिलमा आफ्नो अवकास जीवन बिताउँदै आउनु भएको छ

क्यानडामा पहिलो रेस्टुरेन्ट व्यवसाय गर्ने विश्व वर्मा र बिना वर्मा हुन । सन् १९९९ मा टोरन्टोको योर्क स्ट्रिटमा ‘काठमाडौं काठमाडौं रेस्टुरेन्ट’ को नामबाट व्यवसाय शुरु गरेका थिए । केही समयको संचालनपछि यो रेस्टुरेन्ट गणेश खत्रीले किनेर ‘काठमाडौं रेस्टुरेन्ट’ को नामबाट आजको मितिसम्म संचालन गर्दै आएका छन् । त्यसपछि दिलराज र युवराज अर्याल बन्धुहरुले वर्लिङ्टनबाट शुरु गर्नु भएको ‘बम्बई ग्रिल’ रेस्टुरेन्टले विभन्न शहरमा आफ्नो शाखा खोलेर सफल व्यवसायका रुपमा परिचित भई सकेका छन् । त्यसै अवधिमा जोशी र प्रजापती शर्माको ‘आरोमा’, निरज अधिकारी र दिवस रेग्मीको माउण्ट एभरेष्ट रेस्टुरेन्टसँगै भिण्डोला, बाल्टी, मयुर, हिमालय कचिन, कर्मा किचन, ओम, साँग्रिला, दरबार, हिमालयन रेष्टुरेन्ट, नेपाली पेलेस, नमस्ते नेपाल, साईनो, हिमालयन हाउस, निर्वाणासँगै नेपालीहरुले आफ्नो पाक (कुक) प्रतिभाका आधारमा विभिन्न प्रकारका रेष्टुरेन्टहरु संचालन गर्दै आएको देखिन्छ । नेपालीहरुले व्यापारिक परियोजनका लागि दाई को, सन्नी साईड ग्रिल, टाको बेल, मामा पिजा, पिजा हट, डोसा सेन्टर जस्तो विदेशी परिकारका रेष्टुरेन्टका साथै विभिन्न शहरमा ग्रोसरी व्यापार पनि गर्दै छोड्दै आएको तथ्य पाइन्छ । क्यानडामा गुरु श्रेष्ठको गुरुज् हाक्का कुजिनले नेपाली ममलाई खानाको परिकारमा राखेर क्यानडामा नेपाली ममको परिकार पस्कन थालेको मानिन्छ । यसले निरन्तरता पाउँदै गएपछि आजको मितिमा नेपालीहरुको बसोबास गर्ने शहरमा नेपाली रेस्टुरेन्ट हुनुलाई अनिवार्य मानिन्छ । विशाल टोरन्टोमा मात्रै २१ वटा नेपाली रेष्टुरेन्ट छन् भने भ्यानकुभरमा एघारवटा, क्यालगेरीमा चारवटा, विण्डसरमा चारवटा, लण्डन अन्टारियोमा तीन, केम्ब्रिजमा दुईवटा नेपालीले संचालन गर्दै आएका रेष्टुरेन्टहरु छन् । यसरी क्यानडाको प्रत्येक शहरमा नेपाली रेष्टुरेन्ट रहेको जानकारी पाइन्छ । त्यस्तै ममको प्रख्यातिसँगै मम जोन, मम फेक्टरी, मम एण्ड विङ्ग्स, द मम ग्रिल, द मम हाउस, मम हट एण्ड गार्डन, आमा मम, मम एण्ड मोर, नेपाली मम, मम एन टाकोस, नेपाली मम हाउस, हाक्का मम, मम घर, मम हट एण्ड गार्डेन, मम सेन्टर, मम हिमालायन टेस्ट, स्ट्रिट मम, मम कर्नर आदि मम कै नामबाट नेपाली रेष्टुरेन्टहरु खोलिएको पाईन्छ । हाक्का खजानाको नामबाट संचालन भएको रेष्टुरेन्टले विभिन्न शहरमा आफ्नो शाखा पनि खोलिएको पाइन्छ ।

सन् २००० देखिनै बाबा शाक्यले हिमालयन ट्राभल्स् एण्ड टुर्स (४१६६७९९१२९)का माध्यमबाट नेपालीहरुको यात्रालाई सुगम बनाउँदै आएका थिए भने त्यसमा ‘ट्राभल डी क्यानडा’ (४१६८४५१२९३) का माध्यमबाट अनुपमा घिमिरे पनि थपिएका छन् । त्यस्तै कृष्ण धोजुँले ‘पासा टे«भल एण्ड टुर्स ईङ्क’ (४१६७३२०४६१) का माध्यमबाट विशाल टोरन्टोमा स्थानीय पर्यटीय सेवा पुर्याउँदै आएका छन् । पुराना गाडीको किनबेचका लागि आषिश भट्टराई (१८५५८६८३१५५) ले शुरु गरेको ‘एप्रोभल जेनी’ पछि स्कारबोरोबाट सुरेश ओलीले (६४७७८२२२७५) ‘डेनफोर्थ मोटर्स’ का माध्यमबाट पुराना गाडी किनबेचसँगै अन्टारियोमा मोटर चलाउन ड्राईभिङ्ग लाईसेन्स लिनका लागि ड्राईभिङ्ग ट्रेनिङ्ग दिने काम पनि गर्दै आएका छन् । हुन त सन् २००० देखि नै गोपाल भण्डारी ६४७२८४८१२९) ले ‘मिलिनियम ड्राईभिङ्ग स्कुल’ संचालन गर्दै लाईसेन्स लिनका लागि ड्राईभिङ्ग ट्रेनिङ्ग दिदै आउनु भएको छ । राजेश महर्जनले ‘न्यु मेथोड ड्राईभिङ्ग स्कुल’ संचालन गर्दै आएका छन् । मोटरकै सन्दर्भमा कुरा गर्नु पर्दा राज गुरुङ्गले मोटरका शिशाहरुसँगै मोटर ग्यारेजको काम पनि गर्दै आएका छन् । घरको रेनोभेसनसँगै सातोतिनो रिप्यारिङ्ग र रंगरोगनका लागि ‘गंगा ईन्टरप्राईजेज’ को नामबाट मञ्जित अर्याल (६४७८६९६८०१) ले काम गर्दै आएका छन् । घर निर्माण र अन्य घरायसी निर्माण कार्यका लागि ‘गुँरास रेनोभेसन एण्ड कन्सट्रक्सन ईङ्क’ को रामकृष्ण पौडेल (६४७५३४७३५५) लाई सम्पर्क गर्न सकिन्छ । नेपालीहरुको बाहुल्यता बढ्दै गएपछि नेपाली बस्ती पनि बढ्दै जान स्वभाविकै हो । घरजम गरेर बसेका हामी नेपालीहरुलाई सानातिना घरायसी कामहरुमा नेपाली दाजुभाइको अपेक्षा गर्न थाल्छौं । विदेशी कामदारबाट गर्ने गराउने भन्दा पनि नेपालीबाट त्यहीँ काम गराउँदा धेरै कुराको जानकारी लिन सक्छौं । आज विशाल टोरोन्टामा हिटिङ्ग र कुलिङ्ग (फर्निस र ए÷सी) का लागि सुब्रतम भट्टराई (ईनसाईट मेकानिकल सर्भिसेस ६४७५७२४८२२), फ्रिज, वासर, वासर–ड्रायर, माईक्रोवेभ, डिसवासर आदिका लागि विवेश शाह (अप्लाईन्स रिपायर्स सोलुसन ६४७२०७७६६७) लाई सम्झन सक्छौं । ‘एभरेष्ट ड्रेन एण्ड पलम्बिङ्ग’ को नामबाट राजु बोहोरा (४१६३८३७३७८) पलम्बिङ्ग तथा सेनिटेसनको काम गर्दै आएका छन् ।

विशाल टोरोन्टोमा जेरी, स्वारी, गुँदपाक, लखमरी, पेँडा, यमरी, पाबोनामरी जस्तो नेवारी स्वादका नेपाली मिठाईका परीकारका लागि नरेस ताम्राकार (६४७३४३७७५८) लाई सम्पर्क गर्न सकिन्छ । बिहावारी, न्वारन, बर्तबन्ध, मर्दापर्दा चाहिने नेपाली सामानहरुका लागि अञ्जु सुवेदी (६४७८९४१६५६) ले सेवा दिदै आएकी छिन् । कुनै पनि प्रकारका ग्राफिक डिजायनका लागि कविर शाह (६४७७२००१८१) हुनु हुन्छ भने अनिल श्रेष्ठले ‘टिबेटियन क्राफ्ट’ को नामबाट नेपाली हस्तकलाका सामग्रीको व्यापार गर्दै आ्एका छन् । मिसिसाँगामा रामकृष्ण आचार्यले ‘औंरा फिजियो क्लिनिक’ का माध्मबाट मसाजसँगै फिजियो सेवा दिदै आएका छन् । त्यस्तै व्युटी पार्लर संचालन गर्नेहरुमा पनि नेपालीहरुको संख्या बढ्दै गएको देखिन्छ । सन् २००५ मा नेपाली व्यवसायी महिला शर्मीला तिम्सिनाले ‘एभरेष्ट नेल एण्ड स्पा’ बाट शुरु गरेको व्युटी सेलोनको संख्या बढ्दै गएको छ । हेमा शिवाकोटीको ‘यति नेल एण्ड स्पा’ (४१६३०६९८९२), अनुपमा पाण्डेको ‘ए एण्ड ए ब्युटी एण्ड सेलुन’ , मुना श्रेष्टको ‘ग्लिटर स्पा’, त्यस्तै नेपाल परी नेल स्पा, अनीता रिजालको सिक्स टिप्स नेल एण्ड स्पा, शान्ता खनालको शान्ताज् स्पा (६४७२८०११०५), नेबुला नेल एण्ड स्पा आदि रहेका छन् ।

क्यानडाको अन्टारियो प्रान्तमा सबैभन्दा बढी नेपालीहरु घर किनबेचको व्यवसायमा लागेका छन् भन्दा अत्युक्ती नहोला । मेरो सोधपूछ र खोजतलासका आधारमा भन्ने हो भने श्री साम कटोज क्यानडामा पहिलो नेपाली रियल ईस्टेट व्यवसायका रुपमा देखा पर्छन । सन् १९६१ मा नेपालबाट क्यानडा आएका श्री राजसिंह कटोजका काञ्छा छोरा साम कटोजले आफ्नो अध्ययनपछि नब्बेको दसकदेखि (सन् १९९४ तिर) यो व्यवसायमा लाग्नु भएको देखिन्छ । साम कटोज अहिलेसम्म निरन्तर यही व्यवसायमा काम गर्दै आएका छन् । त्यसपछि सन् १९९८ मा अमेरिकाबाट आएर क्यानडालाई आफ्नो कर्म थलो बनाउने मदन केसी (माईक) ले २००४ देखि नेपालीहरुको प्रतिनिधित्व गर्दै रियल ईस्टेट व्यवसाय शुरु गर्नु भएको देखिन्छ । त्यसपछि कृष्ण तिम्सिना यस व्यवसायमा देखा पर्छन । केही समय स्वतन्त्र रुपमा काम गर्दै आएका मदन के.सी.ले मार्च ३०, २०१७ देखि ‘एभरेष्ट रियल्टी लिमिटेड’ को नामबाट एउटा बेग्लै घरजग्गा किनबेच ब्रोकेज कम्पनीको स्थापना गरेका छन् । यसरीनै समूह बनाएर यो व्यवसायमा लाग्ने नेपालीहरुमा घिमिरे दम्पत्ती ‘जिमी र पूर्ण सृष्टि घिमिरे’ धेरै अगाडिदेखि रियल ईस्टेट व्यवसायमा काम गर्दै आएका छन् । यसरीनै समुह बनाएर यो व्यवसाय गर्नेहरुमा ‘टिम रारा’, होमलाईफ २४७ रियल्टी ईङ्क, रिगमेक्स रियाल्टी ईङ्क आदि नेपालीहरुको समूह रियल ईस्टेट व्यवसायमा लागेको देखिन्छ ।

नेपालीहरुको संख्या बढ्दै गएसँगै विभिन्न पेशामा नेपालीहरुको संलग्नता पनि बढ्दै गएको देखिन्छ । अहिले दन्त्य चिकित्सकका रुपमा आफ्नै क्लिनिक संचालन गर्नेहरुमा डा. निलु केसरीको ‘वल्र्ड ड्राईभ डेन्चरी’ (९०५६९६७५००), डा. उषा सेढाँईको ‘लण्डन सेफरउड डेन्टल केयर’, र दन्त्य चिकित्सक डा. प्रविण तिवारी देखा परेका छन् । नेपालमा नर्सिङ्ग गरेर क्यानडा आएका र यही आएर नर्सिङ्ग गरेकाहरुको एउटा जमातनै नर्सिङ्ग सेवासँगै स्वास्थ सेवाका विभिन्न क्षेत्रमा आवद्ध रहेका छन् । नेपाली चिकित्सकका रुपमा डा. सरोज निरौला मनिटोबामा केन्सर विशेषज्ञका रुपमा कार्यरत छन् । नेपाली विद्यार्थीहरुलाई पाठ्यक्रमानुसार अतिरिक्त अध्यापनका लागि डा. नारायण रेग्मीले ट्युटेरियन सुविधाका लागि ‘लर्ना’ को थालनी गरेका छन् । नेपाली खाद्यान्न सामानहरु क्यानडामा सरल र सुविधाका साथ उपलब्ध गराउने उद्देश्यका साथ डा. पुर्ण कडेँल (६४७८०७१९८८) ले ‘लियम कर्पोरेशन’ संचालन गर्दै आएका छन् । त्यस्तै ग्वेल्फको ‘हिमालयन ग्रोसरी, लण्डन अन्टारियोको ‘नेपाली बजार’ , ब्रान्टफोर्डको ‘नमस्ते गुड्स फुड्स’ –९०५५१६७०६०) मा नेपाली खाद्यान्न परिकार, नेपाली पहिरन, नेपाली भाडाहरुबाट लिएर नेपाली बाजा र गरगहनाहरु पनि पाइन्छ । नेपाली सुनचाँदीका गरगहनाका लागि ‘सरस्वाती ज्वेलर्स’ (९०५४९७३७७) मा सम्पर्क गर्न सकिन्छ ।

नेपालीहरुलाई रोजगारी उपलब्ध गराउन बेनुप अर्यालले ‘अर्याल हाइरिङ्ग’ कम्पनी संचालन गर्दै आएका छन् । विजय पौडेलको ‘पिबी स्टाफिङ्ग सोल्युसन (९०५६७३०५००) ले पनि नवआगन्तुकको जागिर खोज्ने कार्यलाई सजिलो पारी दिएको छ । व्यापार प्रर्वद्धनका लागि नेपाली व्यवसायलाई समुदायका बीच पु¥याउन अझ भनौं उपभोक्ता समक्ष जानकारी पु¥याउन नरेन्द्र पुडासैंनीको पहलमा ‘नेपाल मिडिया’ संचालन हुदै आएको छ । ‘नेपालमिडियाडटसिए’ का माध्यमबाट विभिन्न व्यवसायको फेहरिस्त हेर्न सकिन्छ छ । यसमा सबै नेपाली व्यवसायीहरुको सहभागिता गराउँदै जान सके यसले समुदायमा महत्वपूर्ण योगदान पु¥याउन सक्ने छ । क्यानडाका महिला उद्यमीमा रियल ईस्टेट, होटल रेस्टुरेन्ट, ब्युटी पार्लर, किराना पसल, पीजा स्टोर, बाट लिएर स्कुल बस चलाउने र अमेरिका क्यानडा मालवाहक ट्रक चलाउने जस्ता काममा पनि नेपाली महिला अग्रसर भएका छन् । यसरी मिहेनती र उद्यमी नेपाली महिलाहरुको प्रोत्साहन पाएर क्यानडामा महिलाहरुको सहभागिता विभिन्न क्षेत्रमा रहँदै आएको छ । नीमा मेक एल्थिनेले संचालनल गरेको ‘बेरी मेनोर केयर कम्युनिटी’ वृद्ध स्यहार केन्द्र, स्वेता रेग्मीले संचालन गर्दै आएको ‘केरियर कन्सल्टेन्सी’, लिलेन गुरु«ङ्गले ‘संचालन गर्दै आएको ‘युनिपेट्रो एनर्जी, क्यानडा’ आदिसँगै रियल ईस्टेट, ब्युटी पार्लर आदि संचालन गर्दै आएका नेपाली महिलाहरु उदाहरणीय रहेका छन् ।

क्यानडामा पहलो नेपाली वकिलका रुपमा सन् २००६ मा अतुल सुवेदी (अतुल सुवेदी प्रोफेसनल कर्पोरेशन ६४७४३०३२११) ले ईमिग्रेसन सेवा शुरु गरेका थिए । त्यसपछि नेपाली वकिलहरुमा रमेश कार्की (कार्की ल फर्म) ६४७८३२७७०९), केशव दहाल (दाहाल ल प्रोफेसनल कर्पोरेशन ६४७८६४४६४५), अमृत दनाई शर्मा, विनय नेपाल, भोजराज भट्ट आदि रहेका छन् । क्यानडाको आगमनलाई सहज बनाउन पर्यटक, विद्यार्थी, कामदारको ईमिग्रेसन सेवामा धेरै अगाडिदेखि मुगा राजभण्डारीले ‘एमडिएसभीसा इमिग्रेसन सर्भिस’ (४१६८७७६१७७) का माध्यमबाट सेवा दिदै आएका छन् भने नवराज ढुङ्गानाले ‘एडी पारालिगल सर्भिसेस’ (४१६६२४७०११) को नामबाट ईमिग्रेसन सम्बन्धी काम गर्दै आएका छन् । यसै वर्षदेखि ‘बिग बैङ्ग इमिग्रेसन सर्भिस’ (४१६३८६५३५१) को नामबाट शशी तिमिल्सिना, राम चौधरी र विदुर केसीले इमिग्रेसन सम्बन्धी काम शुरु गरेका छन् । क्यानडामा वित्तीय र कर सेवा तथा आर्थिक कारोवारका लागि अमृतो भट्टराई, माधव दुलाल, शरद पौडेल, बासु लम्साल, रोबिन श्रेष्ठ आदिले वाणिज्य सम्बन्धि सेवा प्रदान गर्दै नागरिकको कर सम्बन्धी कार्यलाई सहज बनाउँदै आएका छन् । अनिल थापाले ‘साईबर एक्सपट्र्स कर्पोरेशन’ का माध्यमबाट साईबर सम्बन्धी सेवा दिदै आएका छन् ।

क्यानडामा आफ्नो धार्मिक परम्परालाई बचाँई राख्न मर्दा पर्दा गर्नु पर्ने पूजा प्रतिष्ठाका लागि चाहिने पुरोहितमा डा. श्याम खनाल, जगदिश गैंरे, रमेश भण्डारी, धर्मदास शास्त्री आदिलाई सम्झन सक्छौं । दशैं–तिहार चाँडमा होस वा कुनै अन्य कार्यक्रम वा भोजका लागि चाहिने सेलरोटी र आलुको अचार घरमै मगाँएर ल्याउन ६४७५०२०१५० मा फोन गरेर मगाँउन सक्छौं । गत वर्षदेखि अनिल थापाले क्यानडामा नेपाली स्वादको हिमालयन क्राफ्ट वियर ‘उत्सव वियर’ क्यानडामा उत्पादन गरेर बेच्न थालेका छन् ।

क्यानडामा आएर विभिन्न व्यवसाय र जागिरमा लागेका नेपालीहरुले यहाँको राजनीतिमा पनि विस्तारै पाईला चाल्दै गएका छन् । हामीले नेपालका दलहरुको राजनीति गर्न सम्पर्क समिति खोलेर पदमा आफै रमाउनुभन्दा यहाँका दलहरुसँग सहभागिता बढाउँदै जानु पर्छ । २०१८ को स्थानीय सरकारको वडा समितिको चुनावमा पहिलोपटक मिसिसाँगा नगरपालिकाको वडा सदस्यका लागि जिमी घिमिरे प्रत्यसी बनेका थिए । यसलाई निरन्तरता दिदै राजनीतिको गोरेटोमा लम्किने योजनाका साथ विजय पौडेलले २०२२ को मिसिसाँगा स्कुल बोर्डको ट्रस्टीका रुपमा आफ्नो उम्वेदवारी दिएका छन् । हुन त नेपालमा जन्मेकी ३८ वर्षीय भुटीला तेन्जिङ्ग कार्पोचे तिब्बती समुदायको प्रतिनिधि बनेर प्रान्तीय साँसद सदस्य बन्न सफल भएकी छिन् । उनको जितको कारण क्यानडामा रहेका तिब्बती समुदायका बीचको एकतालाई मानिन्छ । यहाँ स्थापित टिबेटियन युथ काँग्रेसको सहयोगबाट भुटीला प्रान्तीय साँसद बन्न सफल भईन । हामीमा पनि यस्तै एउटा दरीलो संस्था चाहिन्छ जसले सबैलाई जोडेर लिएर जान सकोस र विजय पौडेल जस्ता नेपाली प्रतिनिधिलाई अगाडि बढाउन सहयोग गर्न सकोस । हुन न क्यानडामा केही नेपालीले आफ्नो पहिचान बनाई सकेका छन् र उनीहरुले क्यानडाको प्रतिनिधित्व गर्न थालेका छन् । यसमा साहित्यमा मञ्जु थापा, गायनमा कर्टिस वाटर्सको नामले चिनिने अभिनव बस्ताकोटी, क्रिकेटमा नरेशबहादुर बुढाऐर र अपाङ्ग (दुवै हात नभएको) भएर पनि सगरमाथा आरोहण गर्न सफल भएका सुदर्शन गौतम आदिको नाम लिन सकिन्छ ।

अन्त्यमा प्रस्तुत लेख तयार गर्दा आफ्नो साधन र स्रोतबाट भ्याएसम्म सामग्री संकलन गरेको हो । यसमा विशेष गरेर विशाल टोरोन्टोलाई केन्द्रमा राखिएकोले यहीको परिवेशमा आधारित व्यवसायलाई प्राथमिकतामा राखिएको छ । यसमा छुटेका नाम÷व्यवसायका बारेमा जानकारी दिनु भएमा भोलीको लेखमा सबैलाई समेटेर पुनः प्रकाशित गर्न सकिने छ । तसर्थ यस लेखमा सकैको नाम तथा जानकारी छुट्न गएकोमा म क्षमाप्रार्थी छु ।

([email protected])

प्रतिक्रिया