आदिवासी दिवस !

डिग बहादुर तामाङ्ग २०८० साउन २५ गते १:०६ मा प्रकाशित

आज अगष्ट ९ तारिखको दिनलाई बिश्व भरी छरिरहेका विभिन्न देशका आदिवासीहरुका हकहितलाई संरक्षण गर्न २३ डिसेम्बर १९९४ का दिन संयुक्त राष्ट्र्संग प्रस्ताव ४९।२१४ लाई महासभाले पारित गरेपछि । हरेक बर्ष अगष्ट ९ तारिखमा बिश्व आदिवासी जनजाती दिवस भनेर मनाउन थालियो । तर के बिश्वका ९० राष्ट्रहरुमा फैलिएको अनुमानित ४७८ मिलियन आदिवासीहरु हाम्रो संसारमा बस्छन । झण्डै बिश्वको जनसंख्याको पाँच प्रतिशत भन्दा कम हिस्सा ओगटेता पनि उनिहरुको आर्थिक समानताको भार थिचोमिचोमा पररे बसेका छन, यी आदिवासीहरुले आफूलाई प्रथम राष्ट्रका मूूलबासी पनि भन्ने गर्दछन । यिनीहरुको ७००० भन्दा बढि भाषाहरु छन् । त्यस मध्ये यो पंक्तिकारको पनि आफनै मातृभाषा छ, त्यो तामाग ध्योई ।

नेपालको संविधान २०१५ले सम्पूर्ण नेपालीहरुको मौलिक हकको प्रत्यभूति गरेको छ अर्थात सुरक्षित गरेको छ ।यो पंक्तिकारलाई सबैको धर्म साँस्कृती प्रति सम्मान छ तर त्यो राज्यमा कोहि पनि मानिस ठूला सानू हुँदैन, अर्थात म बाहुन तँ तामाङ्ग भनेर छुट्याँइदैन अर्थात पुरुषोतम शुक्ला भने झै “बराह्यणे अस्य मुखमासीद बाहु राजन्य कर्त, उरुतदस्य यद बैश्य पभ्दयां शुद्रो आयत” बाहुनहरुले अझै यो मन्त्रलाई आफनो सर्वअधिकार ठान्नु भो भने यो सरासर पाखाण्डीपन हो कोहिले पनि पत्याउने पक्षमा छैनन । अर्को कुरा मनुष्स्मृतीलाई लागु गराएर राज्य चलाउन सकिन्छ भन्ने भ्रमलाई आफनै मनभित्र लुगाएर राखेमा उत्तम होला जस्तो लाग्छ ।

नेपाली प्रहरीको मोटो हो “सत्यम ‘सेवा सुरक्षम” देशको कानूनलाई र व्यवस्थालाई लागू गर्ने जिम्मेवारी हो । तर नेपाल प्रहरी बिट टेकुमा, नेपालका जनजातीहरु मध्येका तामाङ्ग र मगरजातिहरुलाइृ होच्याउने र तल्लो तहमा गिराएर बोलेकी अधिवक्ता भगवती पाण्डेको बिरुद्धमा जाहेरी दिए पछि पनि कारबाही नहुुँदा शान्तिपूर्ण तवरले बिरोध जनाउनेहरु माथी टेकु प्रहरीबिटका हाकिम हुकुमले गत श्रवाण १७ गतेको घटनाले देशमा आगो सल्काउने काम भएको छ । ती चेलिबेटी प्रति प्रहरीको निर्मम दमन व्यवहारले २१वौं शताव्दीका सभ्य ठानिएका प्रहरीहरु प्रति घृणाको वातावरण ल्याएको छ । प्रधानमन्त्री देखि गृह मन्त्रीसम्मका व्यक्तिहरुले प्रहरी र भगवती पण्डेलाई कारवाहिको दायरमा ल्याएर न्याय दिलाउने आस्वासन दिएर गोहीको आँखामा आँसु भन्ने उख्खानलाई बल्झाएको छ । हामी आम नेपालीहरुले बुझे अनुसार नेपाल प्रहरी देशव्यापी कानून र व्यवस्था लागु गर्ने जिम्मेवारी बोकेको संस्था हो तर आफुले गिरफ्तार गरि सकेपछि, मानविय सभ्यता र मानव अधिकारको सिद्धान्तलाई सर्वपरि राखेर अदालतमा लानुपर्ने व्यक्तिहरुलाई निर्मम क्रुरतापूूर्वक कुुटेर महिला चेलीहरुको गुप्तांगमा समेत लौरोले घोचेको दर्द सुनाएर प्रहरुले बहादुरी देखाएको छ । के यो मानवअधिकार उलंघन भएन र ? अब यो विषयलाई चर्काएर लानु भन्दा भगवती पण्डेको बारको प्रमाण पत्रलाई रद्द गरेर कानुन सजाय दिलाएर सम्म पार्ने कि अझै प्रहरीहरुलाई उत्तेजित पारेर गोली चलाउने । यो विषयलाई अन्तरास्ट्रिय अदलातमा पुग्या्े भने नेपाल प्रहरीलाई संयुक्त राष्ट्र संघले लाने शान्ती सेना बन्द गर्न पनि सक्छ । बिश्वका आदिवासी जनजातिहरुको अधिकार उल्लंघन एक निरन्तर समस्या बनेको छ, नेपालमा ।

डिग बहादुर तामाङ्ग, भेडापु, दोलाना ।

प्रतिक्रिया