एनआरएनएमा उम्मेदवार शुल्क घटाउन आफूले २०१७ देखि अथक प्रयास भै रहेको निर्णय हुनु अगाडी नै अन्तर्वार्तामा भनेको कुरा निर्णय हुँदा गर्व लागेको एनआरएनएन अन्तराष्ट्रिय समितिकी अध्यक्ष रबिना थापाले ईनेप्लिजलाई बताइन । निर्णय पछि आफू त्यतिमा मात्र सीमित नभई अझ पनि सदस्यहरुका गुनासो,सल्लाह, सुझाव र सिफारिसमा लागि पर्ने बताइन ।
उनले गत आइतबार इनेप्लिजसंगको अन्तर्वार्तामा अध्यक्ष पदमा आफ्नो उम्मेदवारी र सेरोफेरोमा उनले आफ्नो कार्यकालमा गरेका काम ,उनका योजना लगायतमा आफ्ना कुराहरु प्रष्ट राखेकी थिइन् ।
उनले पैसा घट्ने र फेरी तीनै जना अध्यक्ष कुनै पनि हालतमा नहुने र त्यस्तो परिस्थिति भएमा आफू उम्मेदवार नबन्ने र त्यस्तो नहुने प्रष्ट्याएकी थिइन् । उनले ३ वटा बिषयमा आफूले वकालत गरि रहेको चर्चा गरेकी थिइन् । जस मध्ये निर्णय भएका बिषयहरुमा युवा तथा महिला पदाधिकारीहरुको लागि ७५ प्रतिशत र अध्यक्ष सहित अन्य पदाधिकारीहरुको लागि ५० प्रतिशत उम्मेदवारी शुल्क घटाउने निर्णय भएकोमा निकै हर्षित भएको बताईन ।
पहिले यसरी कसेर उम्मेदवारहरुसंग रकम लिइन्थ्यो : अध्यक्षका पदका लागि १० लाख रुपैँया वा १० हजार अमेरिकी डलर ,उपाध्यक्ष तथा महासचिवका लागि ६ लाख रुपैँया वा ६ हजार अमेरिकी डलर, सचिव तथा कोषाध्यक्षका लागि ५ लाख रुपैँया वा ५ हजार अमेरिकी डलर र सहकोषाध्यक्षमा उम्मदेवारी दर्ता गर्न ४ लाख रुपैँया वा ४ हजार अमेरिकी डलर शुल्क तोकिएको थियो ।
त्यस्तै गरि महिला तथा युवा संयोजक र क्षेत्रीय संयोजकमा उम्मदेवारी दिन ३ लाख ५० हजार रुपैँया वा ३५ सय अमेरिकी डलर शुल्क तोकिएको थियो ।
एनआरएनएमा उम्मेदवार शुल्क घटाउन अथक प्रयास गरि रहेको अन्तर्वार्तामै बोलेकी रबिना थापाले यदि निर्वाचित भएमा सम्पूर्ण पंजीकृत सदस्यले चुनावमा मत हाल्न पाउने पक्षमा वकालत गर्ने प्रतिबद्धता जाहेर गरेकी छिन ।
आफूले कोसिस गर्दा गर्दै पनि समिति ठूलो भएको कारण पंजीकृत सदस्यले चुनावमा मत हाल्न नपाउने निर्णय नभएको कारण आफूलाई दुख लगाएको बताइन । यस बिषयमा बिगतमा पनि लड्दै आएको र भबिश्यमा पनि लड्ने प्रतिबद्धता जाहेर गरिन ।
गैरआवासीय नेपाली संघ (एनआरएनए) को ११ औं विश्व सम्मेलन तथा महाधिवेसन १७ देखि २० अक्टोवर सम्म काठमाण्डौंमा हुने निर्णय भै सकेको छ ।
यसअघि अध्यक्ष पदको लागि १० लाख र अन्य पदको लागि ५ लाख भन्दा बढी उम्मेदवारी शुल्क भएका कारणले संघको कटु आलोचना भै रहेको थियो भने हामी जस्ता सर्वसाधारणले पनि अब संघको नेतृत्व लिन सक्ने भएका छन् ।
बैठकले संघको केन्द्रीय महाधिवेसन प्रतिनिधिहरुको दर्ता अगष्ट १० देखि २५ तारिखसम्म खुल्ला गर्ने भएको छ ।
प्रतिक्रिया