काठमाडौं, सुन तस्करी छानबिनका लागि उच्चस्तरीय समिति बनाउनुपर्ने मागसहित एमालेले नाराबाजी गरेपछि संसद बैठक स्थगित भएको छ ।
बैठक सुरु हुनासाथ एमालेले नाराबाजी गरेको थियो । सभामुख देवराज घिमिरेले पटक–पटक आग्रह गर्दा पनि एमालेले नाराबाजी नरोकेपछि बैठक स्थगित भएको हो ।
एमालेको मागअनुसार नै मंगलबारको संसदमा सुन तस्करीबारे गृहमन्त्री नारायणकाजी श्रेष्ठले जवाफ दिएका थिए । एमालेले गृहमन्त्रीको जवाफ चित्तबुझ्दो नभएको भन्दै अवरोध गरेपछि मंलबारको बैठक स्थगित भएको थियो ।
सुन तस्करी छानबिन गर्न उच्चस्तरीय समिति बनाउनुपर्ने माग राख्दै साउन १० गतेदेखि एमालेले निरन्तर सदन अवरुद्ध गर्दै आएको छ ।
प्रतिक्रिया