काठमाडौं, प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले सदनमा अवरोध नगर्ने सहमति जनाएको छ ।
उपप्रधान तथा गृहममन्त्री नारायणकाजी श्रेष्ठले सुन तस्करी प्रकरणमा उठेका सवालको जवाफ दिने भएपछि एमाले सदन चल्न दिने भएको हो ।
सदन खुलाउनेबारे प्रधानमन्त्री पुष्पकमल दाहाल र देवराज घिमिरेहित ठूला दलका शीर्ष नेताबीच भएको छलफलमा एमालेले यस्तो सहमति जनाएको हो ।
शीर्षस्थ नेताहरुबीच हिजो दुईपटक बसेको बैठक निष्कर्षमा पुग्न सकेको थिएन ।
आजै तीन बजेका लागि प्रतिनिधिसभाको बैठक डाकिएको छ ।
प्रतिक्रिया