नेपालले म्यानमारसँग दुई मैत्रीपूर्ण खेल खेल्ने

इनेप्लिज २०८० साउन २३ गते ३:१२ मा प्रकाशित

काठमाडौ, नेपाली राष्ट्रिय पुरुष फुटबल टोलीले म्यानमारसँग दुई मैत्रीपूर्ण खेल खेल्ने भएको छ ।

अखिल नेपाल फुटबल संघ (एन्फा) का अनुसार विश्वकप छनोट २०२६ अन्तर्गत प्रारम्भिक चरण खेलको तयारीस्वरूप नेपालले म्यानमारसँग मैत्रीपूर्ण खेल खेल्न लागेको हो ।

खेल म्यानमारको याङ्गुनमा ८ र ११ सेप्टेम्बरमा खेलिनेछ । यो मैत्रीपूर्ण खेल फिफा विन्डोअन्तर्गत खेल्न लागिएको हो । नेपालले १२ र १७ अक्टोबर मा लाओससँग प्रारम्भिक चरणको खेल खेल्ने तालिका छ ।

दोस्रो चरणमा प्रवेश गरेमा नेपालले समूह ‘एच’ मा रहेको यूएई र बहराइन वा यमन र श्रीलंकाबीच विजेतासँग खेल्नेछ ।

प्रतिक्रिया