मन्दिर भर्सेज चर्च

बीरकाजी बस्नेत २०८० साउन २१ गते १७:२९ मा प्रकाशित

हालै धरानमा मन्दिरको सामुन्ने चर्च बनाउने बारेमा बिबाद उत्पन्न भयो तर्क हरु आ आफ्ना होलान । सहमती र बिमती पनि ब्यक्तिको पर्सेप्सन को कुरा भयो । देवता ,भगवान ,इस्वरको अस्त्तित्व छ छैन एउटा पाटो भयो । तर चेतनाको बिकास भए पछी मान्छेले आ आफ्नै हिसाबले दैबिय आस्था राख्दै आएका छन । आस्था राख्नेले चर्च बनाउने कुरा सामान्य नै भयो । तर चर्च मन्दिरको सामुन्नेमा नै किन बनाउनु पर्‍यो ? जबकी मन्दिर लामो समय देखी त्यहां अबस्थित छ भने चर्चको लागि अन्य कुनै उपयुक्त स्थल खोजेर बनाए भइहाल्थ्यो । कतीपय अबस्थामा मन्दिरको पूजा र चर्चको प्रार्थनाको समय जुध्न पनि सक्छ र एकले अर्कोलाई आफुलाई हल्लाखल्ला भएको र बाधा पुगेको दाबी गर्लान । दुबै तर्फका मानिस भेला भएको अवस्थामा बिबाद उत्पन्न हुन सक्ने संभावना अधिक हुन्छ । त्यसले स्थाइ रुपले द्वन्द निम्त्याउन सक्छ । भारतको हालको उत्तराखण्डमा भएको एउटा घटना यहाँ सान्दर्भिक हुन आउछ । केही समय पहिले त्यहा यसै गरी एक मन्दिरको सामुन्नेमा चर्च बनाउने कि नबनाउने भन्ने सबाल आयो । दुबै समुहले शान्तिपुर्बक आ आफ्नो आस्थाको उपयोग गर्ने भन्ने सर्तमा चर्च निर्माण भयो । चर्च निर्माण पस्चात उक्त आस्था समुहले स्थानीय जनमानसमा आधारभुत औषधी उपचार ,लता कपडा निसुल्क बितरण र चर्च परिसरमा निसुल्क भोजनको ब्यबस्था गर्न सुरु गर्‍यो किनकी चर्चका लागि बाह्य राम्रो अनुदान आपुर्ती हुने गर्दथ्यो । अब चर्च तिर जनमानसको आकर्षण बढ्न थाल्यो र मन्दिर भन्दा चर्चमा मानिसको भिड बढी हुन थाल्यो र मन्दिर तिर गतिबिधी कम हुंदै गयो । यस्तैमा उक्त प्राचिन मन्दिरमा एक समय रहस्ययात्मक तरिकाले आगलागी भयो । मन्दिरको प्राचिन सम्पदा नाश भएर गयो । अब मन्दिर पुन निर्माण हुने कुरा चल्यो । त्यस पछी चर्च समुहले पहिले देखी रहेको चर्च भएको ठुलो जनसमुदाय भेला हुने स्थान भएकाले अब नजिकै मन्दिर स्थापना भए चर्चका गतिबिधी माथि अबरोध पुग्ने भन्दै बिबाद निकाले र त्यसले दंगाको रुप लिन पुग्यो । संभवत भोली धरानको नियती पनि त्यसै दिशा तिर नजाला भन्न सकिने अबस्था छैन । यता काठमाडौंको पशुपती परिशरमा पनि चर्च बन्न पाउनु पर्ने र क्रीस्चियन आस्था राख्नेहरुको शब गाड्न पाउनु पर्ने आवाज उठ्न सुरु भएको छ । सबै आस्थाहरुको एकै ठाउमा समन्यात्म्क सन्चालन गर्न सकिन्छ भन्ने तर्क सुनिन्छ । भारतको आन्ध्र प्रदेशको कुनै स्थानमा मन्दिर ,मस्जिद र चर्च एकै ठाउमा रहेको तर्क पनि सुनिन आएको छ । यसरी आम मानिसको धारणा निर्माण गर्न खोजिदै छ । यहाँ निर संगै सबाल के पनि उठाउन सकिन्छ भने के कसैले चाह्यो भने भ्याटिकन को सामुन्ने वा बेथ्लेहमा गएर मन्दिर वा मस्जिद निर्माण गर्न र आफ्नो आस्था प्रयोग गर्न अनुमती पाउछ ? अथबा भनौ साउदीको मक्कामा कसैले मक्केस्वर महादेबको मन्दिर स्थापना गरेर पूजाआजा गर्न अनुमती पाउछ ? संभव छ त्यो कसैले सोच्न सम्म?वा कसैले चर्च निर्माण गर्न पाउछ ? जेरुसेलमको सामुन्नेमा कुनै बौद्ध गुम्बा निर्माण संभव होला ? हजारौ बर्ष पुराना बुद्ध मुर्ती ग्रिनेडले बामियानमा ध्वस्त पारीदा संसारले केही बोल्न सक्यो ?त्यही ठाउको मजारे सरिफ कुनै अर्को आस्था राख्ने (हिन्दू ,बौद्ध ,सिख ,जैन आदी )ले ध्वस्त पारोस त त्यसको प्रर्तिकृया र सामुदायिक दंगा भड्काब दुनियाँमा कुन स्तरको हुनेछ कसैले कल्पना गर्न सक्छ ? हिन्दूकुश पर्बत र बामियानका ति बुद्ध मुर्तिहरुले पहिले त्यहा कुन आस्थाको अस्त्तित्व थियो भनेर साक्षिको काम गरेका छैनन ?

केही बुद्धिजिबिहरुले अमेरिका ,अस्ट्रेलिया तिर हिन्दू बौध मन्दिर बनाउन दिएकै छन त भन्ने तर्क (कु ) गरेको पनि सुन्नमा आएको छ । त्यो भनेको त्यो ठाउमा अन्यत्र बाट गएका आस्थावान मानिसहरुले स्वयम आस्था प्रयोग गर्न निस्चित स्थानमा जमिन खरिद गरेर सबै कानुनी प्राबधान पुरा गरेर अरुलाई बाधा नपर्ने गरी उपयोग गर्न पाएको अनुमती मात्र हो । हाम्रा गांउ ठाउमा मन्दिरका छेउछाउ वा अन्य स्थानमा बनाइने चर्च भनेको त्यही ठाउमा बसेका र अहिले सम्म आफ्नै आस्था र परम्परा प्रयोग गरिरहेका स्थानीयलाई आस्था परिवर्तन गराएर उनिहरुलाई नै अभ्यास गराउनको लागि आर्थिक साहयता वा केही औषधी उपचार जस्ता कुराहरुको प्रलोभनमा पारी परिवर्तन गरेका आस्था प्रयोग गर्ने कुत्सित मनसायले निर्माण गर्न खोजिएको योजना हो । यसरी यि दुई तरिका बिच ठुलो भिन्नता छ भनेर बुझ्नु पर्ने हुन्छ । समाजमा रहेका केही कमी कमजोरीहरु (जस्तो कि जात ब्यबस्था )लाई उधिनेर ,मिठो बोलि बचन प्रयोग गरी ,केही भ्रम पूर्ण चमत्कारिक कुरा हुन सक्ने भन्दै ,गरिबिलाई प्रयोग गरेर ,प्रकोप उद्धार वा स्वास्थ्य उद्धार जस्ता कार्य गरेर त्यसको अन्तर्यमा बाइबल घुसाउने गरी आस्था परिवर्तन को खेलो मेलो हुने क्रम बढ्दो छ ।

राजनितिक अन्तर्य
नेपालको राजनीतिक उपलब्धी भनेर संघियता ,धर्मनिरपेक्ष्यता र गणतन्त्रलाई नेताहरुले गर्वका साथ उठान गर्दछन । यहाँ भनिएका उपलब्धी मध्ये धर्म निरपेक्ष्यतालाई हेरौ । यो प्राबधान राखिने समयमा कुनै ठुलै प्रभाब राख्ने मुलुकका एक कुटनितीज्ञले नेपालमा धर्म परिवर्तन गर्न पाउने अधिकार सहितको धर्मनिरपेक्षता हुनुपर्ने भन्दै लिखित पत्र नै पठाएका थिए । आस्थागत धार्मिक स्वतन्त्रता ब्यक्तिको निजी मामिला भए पनि यहाँ उपलब्धी भनिएको धर्मनिरपेक्षता भनेको यो भुमिमा रहेका र मानिदै आएका स्थानीय धर्म संस्कृतिलाई त्याग्न लगाउदै नयाँ भनिएको (क्रिस्चियन र केही हद सम्म ईस्लाम )धर्म अनुसरण गर्ने अधिकार हो भनेर कार्यनवयन गरी रहिएको छ । बिरोधाबास यस्तो छ कि जातलाई पहिचान को कुरा गरिएको छ भने आस्था धर्मको पहिचान नभए पनि हुन्छ जस्तो कार्य व्यबहार गरिएको छ । नेपालका कम्युनिस्ट भन्ने हरु आर्थिक लगानी लगायत धेरै कुरामा बिदेशी साम्राज्यबाद देख्छन भने आफुलाई भौतिकबादी दाबी त गर्छन् तर धर्म परिवर्तन गर्न पाउने प्राबधान वा आस्था परिवर्तन द्रुतरुपमा भएको कुरालाई आफुले ल्याएको उपलब्धिको रुपमा बुझ्छन र रइथाने आस्थाको निरन्तरतालाई प्रतिगामी देख्ने चस्मा लगाउछन । एकातिर आफुमा हस्तान्तरण भएर आएको आस्था (जस्तो कि दशै को टिका ) बहिस्कार गर्दै उक्त समय अन्य योजना बनाउछन भने केही जातिय पर्बको एक दिने समारोहमा पोशाक र टोपी पहिरहन लगाउदै झिल्के पाराले नाच्दै हिड्छन औपचारिकता को लागि र लोक रिझ्याइका लागि । यसरी केही आस्था हरुले भौतिकताबादको ,परायाआस्था फेरबदलको ,अन्य स्थानीय आस्था मासिदिएको भन्ने कथित बनवटी आरोपको , स्वयम आस्थावानको ब्यबस्थापन र लापर्बाहको प्रहार झेल्नु परिरहेको छ भने रहे भएका आस्था हरुलाई पनि बिक्रित र बिद्रुप बनाउदै लगिएको छ । जस्तोकी फागु लाई लोला ,इनामेल र गांजा ,तीजलाई फेसन ,भड्किलो र खान्ते पिन्तेमा गरिएको बदलाव , बली र मारमुङ्री तिर लगिएको दसैं र जुवा तास र अनिबार्य देउसी चन्दाको परिणाम केही उदाहरण हरु हुन । अस्तु

प्रतिक्रिया