२१ साउन, काठमाडाैँ
संसद्मा प्रस्तुत मुलुकी फौजदारी कार्यविधि संहिता २०७४ को दफा ११६ ‘क’ मा थप गरिएको संशोधन विधेयकमा केही मानव अधिकार विरोधी प्रावधान रहेको भन्दै त्यसको विरुद्धमा मानव अधिकार तथा शान्ति समाज काठमाडौँ शाखाकाे आयाेजनामा राजधानीकाे बाैद्धमा विराेध प्रदर्शन स्वरूप धर्ना कार्यक्रम सम्पन्न भएको छ ।
काठमाडाैँ शाखा सभापति भगवान पुडासैनी लगायत ७० जना भन्दा बढी अधिकारकर्मीहरू सहभागी कार्यक्रममा
लाेकतन्त्रकाे मर्म विराेधी विधेयक फिर्ता गर!
संवैधानिक सर्वाेच्चता कायम गर!
अपराधीलाई उन्मुक्ति दिने काम बन्द गर!
विधिकाे शासनकाे सम्मान गर !
स्वेच्छाचारी विधेयक फिर्ता गर!
मानव अधिकार विराेधी विधेयक फिर्ता गर!
हिंसालाई बढावा दिने विधेयक फिर्ता गर!
जस्ता विभिन्न नारा अङ्कित प्लेकार्डहरू प्रदर्शन गरिएको थियो । कार्यक्रममा संशोधन विधेयकका सन्दर्भमा शान्ति समाजको अवधारणा बारे केन्द्रिय सभापति रामकृष्ण बरालले धारणा राख्दै मानव अधिकार र कानुनकाे शासन विपरीत रहेकाे उक्त संशोधन विधेयक अविलम्ब फिर्ता लिन आग्रह गरेका थिए ।
प्रतिक्रिया