काठमाडौंको तारकेश्वरमा पहिरो, बाबु/छोरीको मृत्यु, आमा सञ्जु तामाङ घाइते

इनेप्लिज २०८० साउन २१ गते ६:३३ मा प्रकाशित

काठमाडौ, काठमाडौंको तारकेश्वर नगरपालिका–५ मा पहिरोले घर पुरिँदा दुई जनाको मृत्यु भएको छ ।

तारकेश्वर –५ चो गाउँमा गएराति आएको पहिरोले नुवाकोट सामरी घर भई हाल तारकेश्वरस्थित चोगाउँमा भाडामा बस्दै आएका ४१ वर्षीय गणेश तामाङ र उनकी १५ वर्षीया छोरी आस्मा तामाङको मृत्यु भएको हो ।

गएराति घरमाथिबाट खसेको पहिरोले तामाङ भाडामा बस्दै आएको घर (टहरो) पुरिएको जिल्ला प्रहरी परिसर काठमाडौंका प्रवक्ता प्रहरी उपरीक्षक कुमोद ढुङ्गेलले जानकारी दिए ।

सोही घटनामा परी आमा सञ्जु तामाङ घाइते भएको र उनको प्राथमिक उपचार गरिएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया