अमेरिका बाट नेपालमा सहयोग

इनेप्लिज २०८० साउन १८ गते २२:१२ मा प्रकाशित

श्रावण १८,२०८०
देवेन्द्र सन्ज्याल
कैलाली

समाजसेवाको क्षेत्रमा शिव शिलवाल एक स्थापित नाम हो । अमेरिकामा रहेर पनि जातजाती,भाषा ,धर्म केही पनि नभनेर हरेक दु:ख, कठिनाइ, समस्यामा निरन्तर सहयोग गर्दै आएका शिलवाल अहिले भने नेपालका विभिन्न ठाउमा आफै पुगेर सहयोग गरिरहेका छन।

आफ्नो व्यक्तिगत कामका लागि नेपाल आएका शिलवालले हरेक दिन विभिन्न सहयोग गरि राखेका छन । पहिलो दिन बिबेक स्वच्छ सेवा केन्द्र बबरमहलमा रहेका ३० जना बालबालिकाहरुका लागि ३१ हजार बराबरको खाद्यान्न सहयोग हस्तान्तरण गर्नु भएको छ ।

दोस्रो दिन तुल्सी श्रेष्ठले संचालन गर्नु भएको आश्रममा ४३ हजार बराबरको खाद्यान्न सामाग्री हस्तान्तरण गरेका छन भने तेस्रो दिन दिक्षा चापागाईं द्वार संचालित पबित्र सेवा समाज नेपालमा रहेका ६५ जना आमा बुवा नानी बाबूका लागि ३० हजार वरावरको सहायता प्रदान गरेका छन ।

आगामी सहयोग सुदुरपस्चिम प्रदेशको कैलालीमा रहेको साहारा घर र सेभ हाउस लगायत विभिन्न स्थानमा रहेको जानकारी प्राप्त भएको छ ।

प्रतिक्रिया