ग्लोबल टी-२० मा सन्दीप ‘प्लेयर अफ द म्याच’ घोषित

इनेप्लिज २०८० साउन १८ गते २:४८ मा प्रकाशित

एजेन्सी, नेपाली लेग स्पिनर सन्दीप लामिछानेले तेस्रो सिजनको ग्लोबल टी–२० क्यानडामा उत्कृष्ट प्रदर्शन गरिरहेका छन् । उनले ५ खेलमा बलिङको मौका पाउँदा १० विकेट लिइसकेका छन् ।

सर्रे जग्वार्सबाट लिग खेलिरहेका सन्दीपले गएराति मिसिसौगा प्यान्थर्सविरुद्धको खेलमा घातक बलिङ गर्दै टिमलाई क्वालिफायरमा पुर्याए । उनले ४ ओभरमा ६ रन मात्र लिएर महत्वपूर्ण ३ विकेट लिए ।

सन्दीपले आजम खान (२), टम कूपर (०) र जाहूर खान (१) को विकेट लिएका हुन् । सर्रेको जितमा सानदार प्रदर्शन गरेका उनी ‘प्लेयर अफ द म्याच’ घोषित भए ।

सन्दीपले जारी सिजनमा पहिलोपटक यो अवार्ड प्राप्त गरेका हुन् । यस संस्करणमा उनी एक खेलमा मात्र विकेटविहीन भएका छन् । सन्दीपले ५ खेलमध्ये २ मा ३र३ तथा २ खेलमा २र२ विकेट लिएका छन् ।

उनले तेस्रोपटक ग्लोबल टी–२० खेलिरहेका हुन् । यसअघि सन्दीपले टोरन्टो नेशन्स र मोन्ट्रियल टाइगर्सबाट यो लिग खेलेका थिए । लामो समयपछि विदेशी लिग खेल्न पाएका उनले सानदार कमब्याक गरेका छन् ।

गत वर्षको भदौमा एक किशोरीले जबर्जस्तीकरणीको उजुरी दिएपछि सन्दीपले लिग खेल्न पाएका थिएनन् । अहिले पनि उनीविरुद्धको मुद्दा टुंगिसकेको छैन ।

प्रतिक्रिया