अमेरिकी संसदमा सक्रीय बन्दुकधारी भएको खबर असत्य : प्रहरी

इनेप्लिज २०८० साउन १८ गते ०:५३ मा प्रकाशित

अमेरिकी संसदमा सक्रिय बन्दुकधारी भएको खबर असत्य भएकी र प्रहरीहरुलाई झुक्याईएको प्रहरीले बताए । कसैले ९११ मा खबर गरि सक्रिय बन्दुकधारी भएको जानकारी दिए पछि प्रहरीहरु त्यहा पुगे र खोज गर्दा त्यहाँ कुनै बन्दुकधारी फेला नपरेको प्रहरीले जानकारी दिएका छन् । जसको कारण त्यहाँ काम गर्ने कर्मचारीहरुलाई आश्रय स्थलमा राख्न बाध्य तुल्याएको थियो ।

घटना अगस्त २ बुधबारका दिन घटेको हो भने प्रहरीका अनुसार त्यो नक्कली /झुटो खबर भएको पुष्टी भएको छ । क्यापिटल हिल अर्थात् अमेरिकी संसद भवनहरू खोजी गरिएको अधिकारीले बताए । प्रहरीले सामाजिक संजालमा कुनै सक्रिय खतरा नभएको सूचना दिएको छ । प्रहरीले पत्रकार सम्मेलनमा उक्त विषयमा केही फेला परेनौं भनि जानकारी दिए ।

अधिकारीहरुका अनुसार कस्ले र कुन ठाउँबाट खबर गरेको संख्या(नम्बर)मा पत्ता लगाउने कोसिस गर्दा हरेक पटक त्यहाँ पुग्न्नै नसक्ने पत्रकारहरुलाई बताए । अहिले सिनेट तथा प्रतिनिधि सभा सदस्यहरु बैठक चालु नभएकोले सबैजना बाहिर रहेका छन ।

“हाम्रा अधिकारीहरूले आज बिशेष कामको लागि पठाईएको दलमा ठूलो साहस र प्रतिबद्धता देखाए,” प्रवन्धकले एक विज्ञप्तिमा भने।

प्रतिक्रिया