एनआरएनए रुवाण्डाको अध्यक्षमा रमेश शर्मा दोश्रो कार्यकालका लागि निर्वाचित

इनेप्लिज २०८० साउन १७ गते २२:३४ मा प्रकाशित

किगाली। अफ्रीकाको रुवाण्डा स्थित गैरआवाशिय नेपाली सङ्घको राष्ट्रिय समन्वय समिती रमेश प्रसाद शर्माको अध्यक्षतामा सर्वसम्मत रुपमा गठन भएको छ । सन २०२१ मा स्थापित एनआरएनए रुवान्डाका शर्मा संस्थापक अध्यक्ष हुन ।

राष्ट्रिय समन्वय समितिका उपाध्यक्षमा मोहन श्रेष्ठ , महिला उपाध्यक्षमा तिर्सना कोइराला , महासचिवमा शाश्वत कार्की , सचिवमा शुशान्त मलिक , कोषाध्यक्षमा रन्जना काफ्ले ,सहकोषाध्यक्षमा सुष्मिता शर्मा, महिला संयोजकमा सुमित्रा पहाडी र युवा संयोजकमा सन्तोष अर्याल रहनु भएको छ ।

त्यसैगरी सदस्यहरूमा बिकाश श्रेष्ठ , प्रकाश दाहाल , सुजन निउरे , मित्रहरी गुरागाई ,पुर्ण र लक्ष्मीप्रसाद गौतम रहनु भएको छ । समितिको सल्लाहकारमा अर्चना घिमिरे , डा. रविन्द्र प्रसाद र सरिता राई चयन हुनु भएको छ ।

सन १९९० को दशकमा गृहयुद्धमा परि दस लाख भन्दा बढीको हत्या भएको रुवान्डा भने अहिले अफ्रिकाको सबै भन्दा द्रुत गतिले आर्थिक बिकाश भइरहेको देश हो । यहाँ नेपालीहरुको संख्या प्रत्येक बर्ष बढी रहेको छ ।

प्रतिक्रिया