नर्थ क्यारोलाइनामा ६ जना आप्रवासीहरूलाई गाडीले ठक्कर दिई फरार हुने चालक प्रकाउ

इनेप्लिज २०८० साउन १६ गते ११:११ मा प्रकाशित

नर्थ क्यारोलाइनामा ६ जना आप्रवासीहरूलाई गाडीले ठक्कर दिई फरार हुने चालकलाई प्रकाउ गरिएको छ । ६ जना आप्रवासीलाई ठक्कर दिएको अभियोगमा पक्राउ परेको प्रहरीले जनाएको छ ।

नर्थ क्यारोलाइनाको लिंकनटनमा जानाजानी ठक्कर दिई ती चालक भागेका थिए । लिंकनटन, नर्थ क्यारोलाइनामा प्रहरीले आइतबार एक पसल बाहिर छ जना आप्रवासीलाई गाडीले ठक्कर दिएको आरोपमा सोमबार चालकलाई पक्राउ गरेको हो ।

६८ बर्षिय डेनियल गोन्जालेजलाई लिंकनटन प्रहरी विभागमा परिवारका सदस्यहरूसँग भेट गरेपछि सोमबार राती पक्राउ गरिएको अधिकारीहरूले एक विज्ञप्तिमा जनाएका छन ।

परिवारका सदस्यहरूले अधिकारीहरूलाई गोन्जालेजले उनीहरूलाई आइतवार दुर्घटनामा आप्रवासीहरूलाई ठक्कर दिएको बताएका थिए । परिवारका सदस्यहरूका अनुसार गोन्जालेजले उनीहरूलाई सवारी साधन रोक्ने क्रममा प्रहार गरेको बताएका थिए र त्यसपछि डराए र घटनास्थल छोडेको प्रहरीले बिज्ञप्तिमा उल्लेख गरेको छ ।

गोन्जालेजले जासूसहरूलाई सहयोग गरिरहेका छन् भनि एबिसीन्यूजले जनाएको छ । उनलाई जघन्य ठक्कर र फरार (हिट एण्ड रन)को आरोप लगाइएको छ । ५० हजार डलर धरौटी प्राप्त गरिएको प्रहरीले बताए ।

आप्रवासीहरूलाई आइतबार दिउँसो १:१७ बजेतिर वालमार्ट बाहिर एउटा कालो एसयूभी(गाडी)ले ठक्कर दिएको थियो । उनीहरुलाई स्थानीय अस्पतालमा लगिएको थियो र उनीहरुलाई कुनै पनि गम्भीर चोटपटक नभएको प्रहरीले जनाएको थियो ।

प्रतिक्रिया