विराटनगर,१५ साउन । नेपाली कांग्रेसका केन्द्रिय सदस्य डा शेखर कोइरालाले मुलुकमा सुशासन कायम गर्न भ्रष्टाचारको अन्त्य गर्नुपर्ने बताउनु भएको छ।
नेपाल विद्यार्थी सङ्घ मोरङको नेतृत्व विकास तथा प्रशिक्षण कार्यक्रमको आज यहाँ उद्घाटन गर्दै उहाँले मुलुकको विकासका निम्ति भ्रष्टाचार र दण्डहिनताको अन्त्य हुनुपर्नेमा जोड दिनु भयो ।
नेता डा कोइरालाले मुलुकको भविष्य बनाउने जिम्मा विद्यार्थीहरुका काँधमा रहेकोले यस प्रति सचेत र सजग रहन आग्रह समेत गर्नु भयो ।
उहाँले मुलुकमा विकासको गतिलाई तिव्रता दिन राजनीतिक स्थायीत्व आवश्यक रहेको विचार व्यक्त्त गर्नु भयो ।
नेविसङ्घ मोरङ सभापति सरोज पोखरेल, नेकां मोरङका कार्यवाहक सभापति भक्त्तिनाथ माझी, महानगर सभापति दिपक चापागाई, नेकां कोशी प्रदेश कोषाध्यक्ष राजेश गुप्ता, नेवि सङ्घ पुर्व सह–महामन्त्री कृष्ण कार्की,नेकां क्षेत्रीय सभापती विनोद वस्नेत, विद्यार्थी नेता गोपाल सेढाई, नेपाल दलित संघ मोरङका सभापति रामकुमार विश्वकर्मा र नेपाल तरुण दलका केन्द्रीय सदस्य विष्णु भुर्तेल लगायतले भातृ संगठनलाई सुदृढ बनाउनु पर्नेमा जोड दिनु भयो ।
प्रतिक्रिया