न्यायाधीशद्वारा अनुसन्धानमा प्रमाण फ्याँक्ने र जिल्ला वकिललाई अयोग्य ठहराउने ट्रम्पको प्रयासलाई अस्वीकार

इनेप्लिज २०८० साउन १५ गते २२:०१ मा प्रकाशित

अमेरिकाको जर्जिया राज्यका एक न्यायाधीशले फुल्टन काउन्टी अनुसन्धानमा प्रमाण फ्याँक्ने र जिल्ला वकिललाई अयोग्य ठहराउने पूर्व राष्ट्रपति डोनाल्ड ट्रम्पको प्रयासलाई अस्वीकार गरेका छन ।

जर्जियाका न्यायाधीशले सोमबार ट्रम्पको कानुनी टोलीले जर्जियामा २०२० को चुनावलाई उल्टाउन र जिल्ला न्यायधिवक्तालाई अयोग्य ठहराउने प्रयासको आपराधिक अनुसन्धानमा प्रमाणहरू फ्याक्ने प्रयासलाई अस्वीकार गरि दिएको सिएनएनले समाचार लेखेको छ ।

फुल्टन काउन्टी उच्च अदालत(सुपीरियर कोर्ट) का न्यायाधीश रोबर्ट म्याकबर्नीले जर्जियामा रिपव्लिकनका नक्कली निर्वाचकहरू मध्ये एकको रूपमा सेवा गर्ने क्याथी लाथमको प्रयासलाई पनि अस्वीकार गरि दिएका छन ।

यो निर्णयसॅगै ट्रम्पलाई ठूलो धक्का लागेको छ ।

प्रतिक्रिया