एनआरएनए घानाको अध्यक्षमा विकास सुवेदी निर्बाचित

इनेप्लिज २०८० साउन १५ गते १६:५४ मा प्रकाशित

आक्रा , घाना । गैरआवासीय नेपाली संघ घानाको हिजो आक्रामा सम्पन्न बार्षिक साधारणसभाले विकास सुबेदीलाई अध्यक्षमा निर्वाचित गरेको छ ।

त्यसैगरी उपाध्यक्षमा सुनिलकुमार चौधरी , महिला उपाध्यक्षमा अनु पाठक , महासचिवमा महादेव प्रसाद पाण्डे , सचिवमा झुगबहादुर थापा , कोषाध्यक्षमा सुमित शर्मा ,सहकोषाध्यक्षमा रमेश बराल , महिला संयोजकमा कविता नेपाली र युवा संयोजकमा सुरज रोकामगर चयन हुनु भएको छ ।

त्यसैगरी सुष्मा चौधरी , उमानन्द खरेल , गंगादेवी ढकाल , सद्दाम हुसेन अन्सारी र वसन्त बिके निर्वाचित भएका छन भने वरिष्ठ सल्लाहकारहरुमा दिनेशकुमार पाण्डेय , होमबहादुर बुढामगर , डा. शिवशंकर प्रसाद शाह र भानु पाठक रहनु भएको छ ।

प्रतिक्रिया