एनआरएनए युगान्डामा रमा अर्याल अध्यक्षमा निर्वाचित

इनेप्लिज २०८० साउन १५ गते १६:५० मा प्रकाशित

कम्पाला , युगाण्डा । गैरआवासिय नेपाली संघको युगान्डाको राजधानी कम्पालामा आइतबार सम्पन्न बार्षिक साधारणसभाले रमा अर्याललाई अध्यक्षमा निर्वाचित गरेको छ । २९ बर्षकि अर्याल यस अघि संघको उपाध्यक्ष थिइन । उनले प्रतिस्पर्धी संजिव श्रेष्ठलाई पछि पार्दै निर्वाचनमा जित हासिल गरेकी हुन ।

यसैगरी वरिष्ठ उपाध्यक्षमा प्रेमबहादुर श्रेष्ठ , महासचिवमा राजु थापा तथा सदस्यहरुमा रमेश बुढा, बिनोद साउद , मुकेश मेहता र रंजित गौतम निर्वाचित भएका छन ।

रिक्त पदाधिकारी तथा सदस्यहरुको जिवनाथ पंगेनी प्रमुख रहेको रमेश कंडेल र नरेन्द्र शर्माको निर्वाचन समितिलाई सर्वसम्मत चयन गर्न साधारणसभाले अधिकार दिएको छ ।

प्रतिक्रिया