बाइडेन प्रशासनद्वारा नयाँ विद्यार्थी ऋण चुक्ता योजना शुभारम्भ

इनेप्लिज २०८० साउन १५ गते ०:१९ मा प्रकाशित

बाइडेन प्रशासनले जुलाई ३० ,२०२३ का दिन नयाँ आय-संचालित विद्यार्थी ऋण चुक्ता योजनाको लागि बिटा वेबसाइट(बिटा संजालस्थल) सुरू गर्ने भएको अधिकारीहरूले सिएनएनलाई बताएका छन् । यो बिषयमा सबैभन्दा पहिला सिएनएनले समाचार बाहिर ल्याएको हो ।

ऋणकर्ताहरूलाई कार्यक्रमको लागि आवेदन पेश गर्न सुरु गर्न अनुमति दिँदै संघीय विद्यार्थी ऋण भुक्तानीहरू अक्टोबरमा पुन: सुरु हुने निर्धारित गरिएको छ।

सर्वोच्च अदालतले गत जुनमा राष्ट्रपति जो बाइडेनको विद्यार्थी ऋण माफी पहललाई खारेज गरेपछि मूल्यवान शिक्षामा बचत वा बचत गर्ने योजनालाई अन्तिम रूप दिइएको छ । यसले संघीय विद्यार्थी ऋण प्रणालीमा महत्त्वपूर्ण परिवर्तन ल्याउने र जसले केही ऋणकर्ताहरूको लागि मासिक ऋण भुक्तानीहरू घटाउन सक्नेछ र उनीहरूले ऋण फिर्ता तिर्ने रकम घटाउन सक्नेछन भनि सिएनएनले जनाएको छ ।

राष्ट्रपतिको समग्र प्रतिबद्धताको अंश विद्यार्थी ऋण प्रणालीमा सुधार गर्नु र अमेरिकी परिवारहरूमा विद्यार्थी ऋणको बोझ कम गर्नु हो,” एक वरिष्ठ प्रशासन अधिकारीले बताए ।

संघीय विद्यार्थी ऋण ऋणकर्ताहरूले बिटा वेबसाइट https://studentaid.gov/idr/मा पहुँच गर्न सक्नेछन । नामांकन प्रक्रिया केवल १० मिनेट लाग्ने अनुमान गरिएको छ ।

“हामी ऋणकर्ताहरूलाई उनीहरूको मासिक भुक्तानी रकम देखाउन सक्षम हुनेछौं र उनीहरूलाई उनीहरूका लागि सबैभन्दा किफायती चुक्ता योजना छनोट गर्ने क्षमता दिनेछौं,” एक अधिकारीले सिएनएनलाई भने।

ऋणकर्ताहरूले केवल एक पटक मात्र आवेदन दिन आवश्यक छ । एक पटक आवेदन पेश भएपछि प्रयोगकर्ताहरूले पुष्टिकरण बिधुतिय डाक( इमेल )प्राप्त गर्नेछन । सजिलै बिधुतिय प्रणालीको माध्यमबाट पत्ता लगाउन सकिने छ ।

पूर्ण रुपमा संजालस्थल (वेबसाइट)को प्रारम्भ अगस्तमा हुने बताईएको छ । बिटा अवधिमा पेश गरिएका आवेदनहरू पुन: पेश गर्न आवश्यक नपर्ने र बिटा अवधिले शिक्षा विभागलाई अनुगमन गर्न अनुमति दिनेछ भनि सिएनएनले उल्लेख गरेको छ ।

प्रतिक्रिया