नेपाली चलचित्र “लक्का जवान” मेरिल्याण्डमा प्रदर्शन हुने

इनेप्लिज २०८० साउन १४ गते २२:२८ मा प्रकाशित

नेपाली चलचित्र “लक्का जवान” मेरिल्याण्डमा प्रदर्शन हुने भएको छ । ध्रुव वन्तको प्रस्तुती, अनसुया श्रेष्ठ वन्तको निर्माण र शिवहरि पौड्यालको निर्देशन रहेको चलचित्र मेरिल्याण्डका नेपाली समुदायको लागि आगामी अगस्त ६ ,२०२३ का दिन आइतबार प्रदर्शन गरिने हाल बेलायत यात्रामा रहेका दम्पती ध्रुव वन्त तथा अनसुया श्रेष्ठले ईनेप्लिजलाई बेलायतबाटै जानकारी गराए ।

अनसुया श्रेष्ठ अर्थात् अनु श्रेष्ठले अगस्त ३ का दिन अमेरिका आउने र त्यहाँ रहेता पनि यता संचार माध्यमबाट सबैसंग सम्पर्क गरि रहेको बताइन । अनु श्रेष्ठका अनुसार अमेरिकाको लागि सम्भवत यो प्रदर्शन अन्तिम प्रदर्शन समेत हुन् सक्ने बताइन।

अनसुया श्रेष्ठ वन्तले पनि यस चलचित्रमा एक सशक्त कलाकारको भूमिका निर्वाह गरेकी छिन ।

साथै यस क्षेत्रमा झन्डै ३ दशक देखि बस्दै आएका दम्पत्ति मेरिल्याण्ड क्षेत्रका स्थापित र चर्चित व्यवसायीको साथै सामाजिक अभियन्ताहरु हुन । सबैलाई सहयोग गर्न चाहना राख्ने र सहयोग गर्ने मनकारी यी दम्पत्तिले प्रदर्शन गर्न लागेकोले छुटेका नेपाली समुदायलाई चलचित्र हेर्न आग्रह र आह्वान गरेका छन् । टिकट दर केवल २० डलर मात्र राखिएको छ ।

चलचित्र प्रदर्शन हुने स्थान र समय :

August 6th Sunday ,7.00 pm ,
129 Centerway, Greenbelt, MD 20770
AT Old Greenbelt Theatre

प्रतिक्रिया