सुशासनलाई प्राथमिकतमा राख्नु पर्ने – नेता कोइराला

इनेप्लिज २०८० साउन १४ गते १६:२८ मा प्रकाशित

विराटनगर, १४ साउन । नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा शेखर कोइरालाले जनप्रतिनिधिहरुले सुशासनलाई प्राथमिकतामा राख्नु पर्ने बताउनु भएको छ ।

मोरङको बुढीगङ्गा गाउँपालिका वडा नं १ को नवनिर्मित प्रशासनिक भवनको आज उद्घाटन गर्दै उहाँले सुशासनबाट नै मुलुकमा सङ्घीयता बलियो हुने विचार राख्नु भयो ।

नेता कोइराला वडा तहदेखि नै जनप्रतिनिधिहरुले सुशासन कायम गर्न भूमिका निर्वाह गर्नु पर्ने भन्दै उहाँले भत्रुभयो ‘ जनताको घरदैलोको सरकार भनेको स्थानीय सरकार भएकाले जनप्रतिधिहरुले राजनीतिकलाई समाज सेवाको रुपमा लिनु पर्ने छ ।’

नेता कोइरालाले जनप्रनिधिहरुले शिक्षा, स्वास्थ्य, मलखाद ,सडक र पुलपुलेसामा जनताको सहज पहुँच पु¥याउन आवश्यक काम गर्नु पर्ने भन्दै जनताको चाहना र आवश्यकतामा केन्द्रित नुहेन जनप्रतिधिको दिगो नहुने धारणा राख्नुभयो ।

कार्यक्रमा जग्गादाता मोहनप्रसाद कोइराला, हरिप्रसाद निरौला, नागेश कोइराला, खिलानाथ निरौला, महेशप्रसाद कोइराला, मदन कोइराला र प्रेमु कोइरालालाई सम्मान गरिएको थियो ।

स्थानीय जग्गादाताले निःशुल्क उपलव्ध गराएको दुई कठ्ठा जग्गामा रु ७९ लाख २७ हजार भवन निर्माण भएको हो ।

गाउँपालिका अध्यक्ष जितनारायपण थापामगर, उपाध्यक्ष अमृता गच्छदार, पूर्व अध्यक्ष बालचन माझी, वडा अध्यक्ष सोमराज काफ्ले र जग्गादाता खिलानाथ निरौलाई भवन निर्माणबाट वडावासीलाई सेवा सेविधा लिन सहज भएको विचार राख्नु भयो ।

प्रतिक्रिया