विवाह वर्षगाँठको अवसरमा साहाराको घरलाई सहयोग गरिएको छ।
दया माया अनि करुणाका धनि दम्पती तथा साहाराको घरको शुभेच्छुक अभिभावक श्री रबि बिस्ट र सबिना सिह बिस्ट ज्युले २५औ बैवाहिक बर्षगाठको अवसरपारी विगत १२ वर्ष देखि संचालनमा आएको भरतपुर–१२, नौरङ्गेमा अवस्थित साहाराको घरमा आश्रीत १८ जना बालिकाको लागि कलेज बाकीँ शुल्क ३५ हजार रुपैया भुक्तानी गरी सहयोग गर्नु भएको हो । साथै सविना सिंह विष्टले सस्थामा आश्रित बालिकाहरुको लागि भोजन सेवा लगाएत अत्यावस्यक लत्ता कपडा तथा चप्पल समेत वितरण गर्नु भएको थियो ।
दम्पती परिवारले साहाराको घरलाई विगत देखीनै विभिन्न पारिवारीक उत्सवहरुका सहयोग गर्दै आउनु भएको छ ।
विष्ट परिवार हाल अमेरीकामा कार्यरत हुनुहुन्छ । सहयोगी दम्पतीलाई साहाराको घरको संचालिका कुसुम साहाराले २५ औं बैवाहिक वर्षगाँठको उपलक्ष्यमा शुभकामना व्यक्त गर्नु भएको थियो ।
प्रतिक्रिया