नेपाली उपभोक्ता संरक्षण महासंघको साघारण सभा साउन २६ गते हुने

इनेप्लिज २०८० साउन १४ गते १५:४८ मा प्रकाशित

काठमाडौ । आम उपभोक्ताले भोग्नुपरेकोे कालोबजारी, भ्रष्टाचार, कुुशासन, गुणस्तरहिन, अखाद्य बस्तु तथा सेवाकाविरुद्ध उपभोक्ता हकहितका लागि जनस्तरको खवरदारी गदै आएको नेपाली उपभोक्ता संरक्षण महासंघको दोस्रो साधारण सभा यहि साउन २६ गते गर्ने भएको छ ।


महासंघको केन्द्रीय कार्यालयमा बिजुली बजारमा बसेको केन्द्रीय समितिको बैठकले साधारण सभा साउन २६ गते काठमाडौमा गर्ने निर्णय गरेको महासंघका केन्द्रीय सदस्य बिष्णु गिरीले जानकारी दिए । गिरीका अनुसार साधारण सभा सफल बनाउन बिभिन्न समितिहरु पनि गठन गरिएको छ । सुचना तथा सन्चार समिति– संयोजक लुमडी ब कार्कि, अर्थ ब्यबस्थापन समिति– संयोजक दुर्गा थापा, मञ्च ब्यबस्थापन समिति– संयोजक अर्जुन कुमार श्रेष्ठ, संयमसेवक समिती संयोजक सोभितमान गिरी,अतिथी सत्कार समिति– शुष्मा रावल संयोजकमा समिति गठन गरेको छ ।

समितिका बैठक पछि बोल्दै अध्यक्ष चन्द्र साउदले सबैखाले भष्ट र कालो बजारीयाहरुलाई कारबाही गनुपर्नेमा जोड दिए । उनले अधिकार सम्बन्न बजार अनुगमन समिति गठन तथा उपभोत्ता मन्त्रालय स्थापना गर्न माग गरे । अध्यक्ष साउँदले कालोबजारी गुणस्तरीयहिन बस्तु तथा सेवाको पूर्ण निस्कृयता, उपभोत्ताको हक हितको लागि जनस्तरको खबरदारी गर्ने उदेश्यले महासंघको स्थापना बताए ।

महासंघका प्रवत्ता लुमडी बहादुर काकीले नेपालको कालोबाजारी, भ्रष्टाचार, गुणस्तरहिन् अखाद्य–बिषादी बस्तुको निर्मुलिकरण गरी सर्बसाधारणको चुलोमा स्वस्थ खाना र जीवनमा स्वस्थता ल्याउन महासंघ लागि परेको बताए । देशमा व्याप्त चरम महंगी, कालोबजारी, भ्रष्टाचार, नैतिक स्खलन, अराजकताबाट देशलाई कसरी जोगाउने भन्ने बारेमा आफूहरु लागि परेको प्रवत्ता कार्कीको भनाइ छ ।

प्रतिक्रिया