न्युयोर्कमा हुने ग्लोबल नेपाली फिल्म अवार्डमा को-को आउदै , तयारी द्रुत गतिमा

इनेप्लिज २०८० साउन १४ गते १४:३२ मा प्रकाशित

बिश्वकै सम्राट राज्य न्युयोर्कमा आगामी अगस्त १२ शनिबारका दिन आयोजना हुने ग्लोबल नेपाली फिल्म अवार्ड( बिश्व नेपाली चलचित्र पुरस्कार )समारोहको छैटौं संस्करणको तयारी द्रुत रुपमा अघि बढी रहेको आयोजक ड्रिम्स युनिभर्सल एलएलसी न्युयोर्कका संचालक शैलेश श्रेष्ठले ईनेप्लिजलाई बताए ।

‘नेपाली चलचित्र गाउँदेखि विश्वसम्म’ भन्ने नारासहित सन् २०१६ बाट सुरु भएको ‘ग्लोबल नेपाली फिल्म अवार्ड’ को छैटौं संस्करण न्युयोर्कमा हुन् लागेको हो ।

चलचित्रकर्मीहरूलाई सम्मान पुरस्कार र प्रोत्साहन गर्ने हेतुले ‘ग्लोबल नेपाली फिल्म अवार्ड’को आयोजना गरिँदै आएको यो समारोह बिगतमा अमेरिकाका विभिन्न राज्यहरुमा सफलतापूर्वक सम्पन्न भै सकेका छन् ।

यस वर्ष यो पुरस्कार समारोह न्युयोर्कको क्विन्स शहरको मेलरोज बलरुममा हुनेछ जहाँ हालसालै मिसनेपाल नर्थ अमेरिका (उत्तर अमेरिका नेपाल सुन्दरी )प्रतियोगिताको आयोजना भव्यताको साथ सम्पन्न भएको थियो ।

यस पटक यो समारोहमा नीर शाह, शिव श्रेष्ठ, भुवन केसी,कृष्ण मल्ल, सुनिल थापा, शर्मिला मल्ल, प्रियंका कार्की, अनमोल केसी, सरोज खनाल ,दिलिप रायमाझी ,मेलिना मानन्धर ,रिचा घिमिरे ,जल शाह ,पुजा चन्द (लामा),अरुणिमा लम्साल , निखिल उप्रेती ,सारङ्गा श्रेष्ठ ,शंकर घिमिरे ,स्वस्तिमा खड्का, आयुष्मान देशराज जोशी, रेश्मा घिमिरेलगायतका सहभागिता हुनेछ । यस समारोहमा ५ दर्जन भन्दा बढी कलाकारहरुको जमघट हुनेछ।

नेपाल फिल्म सोसाइटी, ग्लोबल नेपाली फिल्म अवार्ड, गोल्डेन स्टेट मुभी मेकर र ८८४८ मिडिया हाउस एलएलसीले संयुक्त रूपमा समारोहको आयोजना गर्ने छ । अवार्ड(पुरस्कार)का संरक्षक तथा नेपाल फिल्म सोसाइटीका केन्द्रीय अध्यक्ष कृष्ण मल्ल हुन् भने ग्लोबल फिल्म अवार्ड(पुरस्कार)का अध्यक्ष नवराज श्रेष्ठ हुन् ।

प्रतिक्रिया