वेस्ट इण्डिजले भारतलाई ६ विकेटले हरायो, सिरिज बराबर

इनेप्लिज २०८० साउन १४ गते २:०६ मा प्रकाशित

एजेन्सी, भारतविरुद्धको एकदिवसीय सिरिजको दोस्रो खेलमा घरेलु टोली वेस्ट इण्डिज ६ विकेटले विजयी भएको छ ।

योसँगै तीन खेलको सिरिज १–१ को बराबरी पुगेको छ । पहिलो वेस्ट इण्डिज ५ विकेटले पराजित भएको थियो ।

दोस्रो खेलमा भारतले दिएको १ सय ८२ रनको लक्ष्य वेस्ट इन्डिजले ३६.४ ओभरमा ४ विकेट गुमाएर पूरा गर्‍यो ।

उसका लागि कप्तान शाई होपले ८० बलमा २ चौका र २ छक्काको सहयोगमा अविजित ६३ रन रनको पारी खेले । यस्तै, केसी कार्टी ४८ रनमा अविजित रहे ।

ओपनरद्वय कायल मेयर्सले ३६ र ब्रेन्डन किंगले १५ रन जोडे । शिमरन हेटमायर ९ र एलिक आथानाज ६ रनमा आउट भए । भारतका लागि शार्दुल ठाकुरले ३ र कुलदीप यादवले १ विकेट लिए ।

त्यसअघि बार्बाडोसस्थित केन्सिङ्टन ओवल मैदानमा टस हारेर ब्याटिङको निम्तो पाएको भारतले ४०.५ ओभरमा सबै विकेट गुमाएर १ सय ८१ रन बनायो ।

उसका लागि ईशान किशनले ५५ बलमा ६ चौका र १ छक्कासहित सर्वाधिक ५५ रनको इनिङ खेले ।

यस्तै, शुभमन गिलले ३४, सूर्यकुमार यादवले २४, शार्दुल ठाकुरले १६ र रवीन्द्र जडेजा १० रन बनाए ।

बाँकी ब्याटरले भने दोहोरो अंकमा समेत रन जोड्न सकेनन् । दोस्रो खेलमा भारतले विराट कोहली र रोहित शर्मालाई विश्राम दिएको थियो ।

वेस्ट इन्डिजका लागि रोमारियो शेफर्ड, गुडाकेश मोतीले ३/३, अल्जारी जोसेफले २, जयडेन सिल्स र यानिक कारियाहले १/१ विकेट लिए ।

भारत र वेस्ट इण्डिजले सिरिजको निर्णायक तथा तेस्रो खेल मंगलबार खेल्नेछन् ।

प्रतिक्रिया