अमेरिकी मेगा मिलियन्स चिट्ठा शुक्रबार पनि कसैलाई परेन ,महा भाग्यशाली बिजेताले १.०५ बिलियन डलर हात पर्ने

इनेप्लिज २०८० साउन १३ गते ९:४६ मा प्रकाशित

गत शुक्रबार जुलाई २८ का दिन खोलिएको अमेरिकी मेगा मिलियन्स चिट्ठा कसैलाई नपरे पछि अबको महाभाग्यशालीले १.०५ बिलियन डलर जित्ने छन । गत शुक्रबार खोलिएको चिट्ठाका सबै ६ वटा अंकहरु मिलाउन नसके पछि ९१० मिलियन राशीबाट वृद्धि भै १.०५ बिलियन डलर पुगेको हो ।

गत शुक्रबार चिट्ठाको विजयी संख्याहरू ५,१०,२८ ,५२,६३ सेतो भकुण्डो र रातो भकुण्डो (रेड बल )१८ रहेको थियो । अब यो चिट्ठा अगस्त १ मंगलबारका दिन चिट्ठा खुल्ने छ ।मेगा मिलियन्सको इतिहासमा यो चौथो-ठूलो पुरस्कार हुने मेगामिलियन व्यवथापनले शनिबार बिहान एक समाचार विज्ञप्तिमा जनाएको छ ।

अप्रिल १८ देखि १९ पटक चिट्ठा खुल्दा पनि वटा मेगा मिलियन्स चिट्ठा कसैले पनि हात पार्न सकेको छैन । मंगलबार खुल्ने १.०५ बिलियनको चिट्ठा नगद लिन चाहेमा व्यक्तिले ५२७.९ मिलियन एक मुष्ट प्राप्त गर्न सक्नेछन् । या २९ बर्ष सम्म मासिक रुपमा रकम लिन सक्नेछन् ।

पेन्सिल्भेनियामा बेचेको एउटा टिकटले पहिलो पाँच नम्बरहरू र मेगाप्लायर मिलाए पछि ५ मिलियन ( ५० लाख डलर )जितेका छन् ।

त्यस्तै मेगाप्लायर बिना पहिलो पाँच अङ्कहरू मिलाएर अन्य चार टिकटहरूले १ मिलियन अर्थात् १० लाख डलर जितेका छन् । ती टिकटहरू एरिजोना, क्यालिफोर्निया, न्यूयोर्क र पेन्सिल्भेनियामा बेचिएका थिए।

सन् २०१८ मा साउथ क्यारोलाइनामा आज सम्मको सबै भन्दा शीर्ष मेगा मिलियन्स चिट्ठा १,५३७ बिलियन डलरको चिट्ठा एक भाग्यशालीले प्राप्त गरेका थिए । त्यसपछि जनवरीमा मेनमा १ ,३४८ बिलियन डलर र गत जुलाईमा १.३३७ बिलियन डलरको पुरस्कार भाग्यशाली बिजेताले हात परेका थिए ।

मेगा मिलियन्सको सूचीमा शीर्ष ४ मा रहेको २०२१ मा मिशिगनमा बेचेको टिकटले १.५ बिलियन डलर जितेको थियो ।

गत हप्त लस एन्जलसमा एक व्यक्तिले १ बिलियन डलरको पावरबल चिट्ठा जितेका थिए ।

प्रतिक्रिया