कोलोराडोमा दिदीबहिनी समूहको आयोजनामा सामुहिक दरखाने कार्यक्रम आयोजना हुँदै

नातिबाबु भट्ट कोलोराडो अमेरीका २०८० साउन १३ गते ३:४२ मा प्रकाशित

नातिबाबु भट्ट कोलोराडो अमेरीका 

जुलाई २८, २०२३

हिन्दु महिलाहरुको महान चाड तिज नजिकिदै गर्दा कोलोराडो निवासी दिदीबहिनीहरु एकै ठाउमा भेला भई नाचगान गर्दै सामुहिक रुपमा दरखाने भएका छन् ।

प्रवासमा रहेका महिला दिदी बहिनिहरुलाई एक्लो भएको महसुस नहोस र सबै दिदी बहिनी एकै ठाउमा जम्मा भई सुख दुख साटासाट गर्दै, माईतीको झल्को मेटाउन Sister Group दिदी बहिनी समुह Colorado ले दरखाने कार्यक्रम आयोजना गर्न लागेको संस्थाका संयोजक धन पौडेलले बताएकी छिन । यस्ता कार्यक्रमले प्रवासमा जन्मे हुर्केका बाल बालिका र स्थानियहरुलाई नेपाली भाषा संस्कृतीको पहिचाहन गराउन समेत सहयोग पुग्ने उनको भनाई छ ।

दरखाने कार्यक्रम यही अगष्ट १९ तारिक शनीबारका दिन सांझ ५ बजे देखी राती ९ बजे सम्म ( 3295 W 72 Ave. Westminster ) संचालन हुने छ । कार्यक्रम बारे फेसबुकमा ईभेन्ट बनाएर राखिएको र यदी कसैले संस्थाको फेसबुक फलो गर्न सक्नु भएको छैन भने यसै सुचनालाई आधार मानी कार्यक्रममा सहभागी भइ सफलताका साथ सम्पन्न पार्न सहयोगको लागी संयोजक पौडेलले सबैलाई अनुरोध गरेकी छिन् ।

कोलोराडोमा सकृय संघ संस्थाका प्रतिनिधी बुद्धीजिवी, गन्यमान्य, समाजसेवी, ब्यावसायी, आमा दिदीबहिनीहरु कसैलाई पनि परिपत्र नगरिएको हुदा सबैलाई चुले निम्तो सहित खुल्ला निमन्त्रणा गरिएको ले यसै निमन्त्रणालाई स्विकारी कार्यक्रममा सहभागी भई दिनु समेत उनले अनुरोध गरेकी छिन ।

त्यसैगरी बिगतका बर्षहरुमा जस्तै यसबर्ष पनि कार्यक्रमलाई सफलताकासाथ सम्पन्न गर्न अन्य संघसंस्था तथा दाताहरुबाट सहयोगको अपेक्षा गरिएको संयोजक पौडेलले बताएकी छिन ।

प्रतिक्रिया