शंकर घिमिरेले नेपाली चलचित्र ‘तेल भिसा’ बनाउने

इनेप्लिज २०८० साउन १३ गते १:३२ मा प्रकाशित

अमेरिकाको मेरिल्याण्ड राज्यमा बस्दै आएका र कुनै समयका व्यस्त नेपाली चलचित्र युवा निर्देशक शंकर घिमिरेले ‘तेल भिसा’ नेपाली चलचित्र बनाउने भएका छन् । उनि अहिले नेपाल गएको समयमा सबैको मुखमा झुन्डिएको र सबैले एकै पटकमा बुझ्ने र टिप्न सक्ने नेपाली चलचित्र तेल भिसाको निर्माण र निर्देशक गर्ने भएको ईनेप्लिजलाई बताए ।

उनले दिएको जानकारी अनुसार शंकरको ‘तेल भिसा’मा विपिन अनुवन्धित भएका छन् । उनले निर्माण गरेको चलचित्र ‘तुलसी’ को निर्देशनपछि अमेरिका पुगेका घिमिरेले लामो समयको अन्तरालपछि नयाँ चलचित्र निर्माण तथा निर्देशन गर्ने भएका छन् ।

उनले, निर्देशन गर्न लागेको नयाँ चलचित्रको नाम ‘तेल भिसा’ राखिएको छ । यो चलचित्रमा नायक विपिन कार्कीलाई अनुवन्धित गरिएको छ । विपिनसँग गत आइतबार शंकरले कागजी संझौता गरेका छन ।

चलचित्र ‘तेल भिसा’को छायांकन तिहारपछि नेपाल र अमेरिकामा गरिने उनले बताएका छन् । चलचित्रमा कार्की दोहोरो भूमिकामा देखिदैछन् ।

चलचित्रलाई वास्तविक कथामा मनोरञ्जनात्मक शैलीमा तयार पारिने शंकरले उल्लेख गरेका छन् । विपिनले हालै मात्र फिल्म ‘पशुपति प्रसाद २ः भष्मे डन’को छायांकन सकाएका छन् । उनी भदौदेखि चलचित्र ‘उनको स्विटर’को छायांकनमा व्यस्त हुनेछन् ।

प्रतिक्रिया