बाल मनोविज्ञानमा आधारित ‘फस्दै गएछु…’ मा दिप्शन र आश्रियाको मन छुने अभिनय (भिडियो)

इनेप्लिज २०८० साउन १२ गते २२:५३ मा प्रकाशित

काठमाडौं– किड्स क्यापिटल नेपाल २०२३ का विजेता दिप्शन चिलुवाल तथा किड्स क्यापिटल नेपाल २०२२
की पब्लिक च्वाइस अवार्ड विजेता आश्रिया थापाको डेब्यू अभिनय रहेको एउटा गीतको म्युजिक भिडियो
सार्वजनिक भएको छ ।

गायक सुमन केसीको स्वरको ‘फस्दै गएछु…’ बोलको गीतको म्युजिक भिडियो किड्स क्यापिटल नेपाल २०२३
दिप्शन चिलुवालको जन्मोत्सवको अवसर पारेर काठमाडौंमा प्रीमियर गरिएको छ ।

प्रीमियर शोमा भिडियो अवलोकनपछि काठमाडौं यूरो स्कूलका निर्देशक तथा प्रिन्सिपल डा।दिपक गुप्ता तथा
लिटल पेगासस मन्टेश्वरीका प्रिन्सिपल यूरल पाण्डेले बाल मनोविज्ञानमा आधारित विषयवस्तु समेटिएको
भिडियो निकै प्रभावकारी रहेको प्रतिक्रिया दिए । उनीहरुले बाल मनोविज्ञानको प्रयोगले फरक शैलीको भिडियो
तयार भएको बताएका छन् ।

आईएमई पेको सहभागिता रहेको कार्यक्रममा विशेष अतिथिको रुपमा उपस्थित चलचित्र कलाकार संघका
अध्यक्ष मोहन निरौला तथा अतिथिको रुपमा सहभागि नृत्य निर्देशक कृष्ण बिक, अभिनेता श्रीदेव भट्टराई,
कलाकार गोपाल ढकाल, निर्देशक रोशन श्रेष्ठले पनि भिडियोमा बाल कलाकारद्वय दिप्शन तथा आश्रियाको
अभिनयको प्रशंसा गरेका थिए ।

आधुनिक शैलीको यो गीतमा अभिनेता एसराज गराच तथा अभिनेत्री साक्षी लम्सालले पनि अभिनय गरेका न् ।
भिडियोमा दिप्सन र साक्षीको अभिनयले दर्शकलाई प्रभावित बनाउने निश्चित छ ।

डिपी खनालका शब्दहरुको उक्त गीतलाई देवेन्द्र बरालले संगीतबद्ध गरेका छन् । पुष्कर सुनुवार यो गीतका
संगीत संयोजक हुन् ।

फ्ल्याग अन मोशन पिक्चर्सको यूट्युब च्यानलबाट सार्वजनिक गरिएको उक्त भिडियोमा प्रशान्त मगरको
कोरियोग्राफी तथा संकल भुजेलको छायांकन रहेको छ ।

दीपेन्द्र चिलुवाल तथा सजना केसीद्वारा निर्माण गरिएको यो भिडियोलाई मनोज कार्कीले सम्पादन गरेका छन् ।
शिशिर खातीले यो भिडियोको निर्देशन गरेका हुन् ।

प्रतिक्रिया