वकिल शितललाई उत्तर

इनेप्लिज २०८० साउन १२ गते २२:३७ मा प्रकाशित

हाम्री हजुर आमाहरु आर्थत (मामजुगुसे पाङपा ताम) भन्नु हुन्थ्यो नीतिका कुराहरु । उहाँहरुले हामी भोराहरुलाई सिकाउने तवर पनि बेग्लै नै थियो । जताभाबी थ्याच्च नबस्नु, प्याच्च नबोल्नु । “छाया गाते चु सेम्ला ताम थाइको”अर्को नीतिका कुरा भन्दै हामीलाई सम्झाउनु हुन्थ्यो उहाँहरु त्यो के भने मानिसले आफुसंग भएको दुुइटा अति महत्वपूर्ण अंगलाई होसियारपूर्वक प्रयोगमा ल्याउनु पर्छ ।

“सङथेन च्याम्स्योरपा ग्हला” थुतुनो र मुतुनो लाई जदाभावी चलायो भने त्यसको नतिजाले उग्ररुप लिन्छ, र सत्यनासको बाटोतिर लान्छ । हो नै त्यसैकारण हामीहरुलाई औपचारिक रुप वा अनौपचारिकरुपले नीतिहरु पढाइन्थ्यो । सन्दर्भ हालै एउटी वकिलले देशका चर्केका नक्कली भुटानी काण्ड, ललिता निवासको जग्गा काण्ड तथा हालै त्रिभुवन बिमानस्थलबाट ल्याइएका १५० किलो सुन काण्डहरुले उग्ररुप लिएको समयमा भगबती शितललाई प्रयोग गरेर भन्न लगाइयो “तामाङ्गहरु र मगरहरुले आफनै दिदी बहिनीसंग विवाह गर्छन” अब प्रश्न आउछन के ती नानीले जुरिजप्रुडेन्स र नेपालको मुलुकी ऎनको जाँच नै दिनु परेन जस्तो लाग्यो । सरकारले आफना कर्तुतहरलाई लुकाउन यस्तैखाले पात्रहरुलाई प्रयोगमा ल्याउछन नै ।

नेपाल त्यो देश हो जाँहा विधितामा एकता छ, नेपालमा एक सय चौबिस भाषा बोल्ने मानिसहरुको मातृभूमी हो । दश बर्षे जनयुद्धाले भत्काउन नसकेको नेपाली समाज, राणा,शाहले छुट्याउन नसकेको तामाङ समाजलाई बरु मरेको सिनु ख्वाए तर आफनो धर्म र संस्कारलाई राज्यबाट आएका दमनलाई वास्था नगरेर आफना परंपरालाई जीवित राख्न सफल तामाङ्गहरुलाई गहिरो चोट नेपाल बारबाट प्रमाणपत्र प्राप्त गरेकी शितले कसरी यो शव्द बोलेर किन समाजमा ज्वालामुखि फैलाउन लगाइयो यो काम सिंगो नेपाललाई भुङरोमा हाल्ने प्रयास भएको हो ।

नेपालमा धर्म र जातीय दंगा भएको थिएन, त्यो ममिलामा हामीहरु गौरवको नाग ठाडो पारेर हिडेका थियौं अब यो वकिल नानीको प्रयासले त्यतातिर धकेल्न थाल्यो । आजको अनलाईन न्यूजमा वकिल शितललाई पक्राउ पूर्जी जारी गरेको समाचार देख्यो तर यो केहि पनि होइन मगरमच्छीको आँखाको आँसू देखाएको मात्र हो जस्तो लाग्छ । नेपालमा मल्ल काल देखि चलिआएको चलन हो राणा, शाह, गुरुङ,मगर थकाली तामाङ्गको चलनमा मामाकी छोरी र फूपुकी छोरीहरुसंग विवाह गरे हाडनाता पर्दैन ।

हामीहरुले भारतको मणिपुरको जातीय दंगले एक सय पैतालिस भन्दा बढिको ज्यान लिइसकेका छन । हालै महिलाहरुलाई कुकीजुकी चेलीहरुलाई सडकमा नाङगै कवाज खेलाएर सामूहिक बलात्कार गरे । बिस्तारै सामाजिक दंगा भारतभरि फैलिन थालेको समयमा वकिल शितले पनि देशमा शान्तसंग रमाई रहेको नेपाली समाजमा आगो लगाउन थालिन् ।

यो विषयमा सरकारले समयमै कारबाही नगरे के हो भन्न सकिन्न । भारतीय प्रधानमन्त्रीको राजीनामाको माग गरि रहेका छन मणिपुरका ४० प्रतिशत कुकिजु जातीहरु तर मेतीहरु भने ५३ प्रतिशतले उठाएको दंगा मे महिनाको ३ तारिख देखि आज सम्म चलि आएको छ यस प्रकारका हिंसालाई निम्त्याउन खोजेकी छ वकिल शितलले ।

यो मेरो स्वतन्त्र बिचार हो, यस आलेखको जिम्मा मैले लिएको छ ।

डिगबहादुर तामाङ्ग, भेडापु, दोलखा ।

प्रतिक्रिया