कोशी सरकार उद्धव थापाको नेतृत्वमा निर्माण हुने–नेका नेता डा कोइराला

इनेप्लिज २०८० साउन १२ गते २२:०२ मा प्रकाशित

विराटनगर ,१२ साउन । नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा शेखर कोइरालाले कोशी प्रदेश सरकार उद्धव थापाको नेतृत्वमा निर्माण हुने बताउनु भएको छ ।

विराटनगर विमानस्थलमा आज साँझ सञ्चारकर्मीहरुसँग कुरा गर्दै उहाँले काम चलाउ मुख्य मुख्यमन्त्रीको रुपमा रहनु भएका थापा नेकां ससदीय दलको नेता समेत रहनु भएकोले आगामी सात दिन भित्र उहाँको नेतृत्वमा गठबन्धन सरकार निर्माण हुने प्रष्ट पार्नु भयो ।

नेता डा कोइरालाले विगतमा आफुले सभामुखले सरकार निर्माणमा हस्ताक्षर गर्नु गलत हो भन्ने कुरा अहिले पुष्टि भएको चर्चा गर्दै नेकां लोकतन्त्रवादी पार्टी भएकोले यसले अन्य राजनीतिक दल यस सम्बन्धी पाठ सिकाउने धारणा राख्नु भयो ।

उहाँले महासमितिको वैठकको समयमा नीति अधिवेशन गर्ने जानकारी दिँदै अधिवेशनले पार्टीको आर्थिक नीति ,मुलुकमा सुशासन , किसानका समस्या समाधान गर्ने जस्ता निर्णयहरु लिने बताउनु भयो ।

उहाँले विदेशबाट सुन स्वदेशमा खपतका लागि नभई तस्करीका लागि आउने गरेकोले यसलाई रोकथाम गर्न र यसवाट मुलुकलाई पर्ने आर्थिक नोक्सानी न्यूनिकरण गर्न संसदीय समितिले निर्णय गर्ने विश्वास व्यक्त्त गर्नु भयो ।

नेता डा कोइरालाले नेकां वर्तमान गठबन्धन सरकारलाई वलियो बनाउन प्रतिवद्ध रहेको विचार राख्नु भयो ।

प्रतिक्रिया