एसीयाली खेलकुदका लागि नेपालको टोली घोषणा, तीन खेलाडीको पुनरागमन

इनेप्लिज २०८० साउन १२ गते १४:०३ मा प्रकाशित

काठमाडौ, १९ औँ एसियाली खेलकुदका लागि नेपालको क्रिकेट टोली घोषणा गरिएको छ । नेपाल क्रिकेट संघ (क्यान) ले रोहितकुमार पौडेलको कप्तानीमा १५ सदस्यीय टोली घोषणा गरेको हो ।

टोलीमा तीव्र गतिका बलर अविनाश बोहरा, विकेटकिपर विनोद भण्डारी र अलराउन्डर विवेक यादवले पुनरागमन गरेका छन् । उनीहरूले लामो समयपछि टोलीमा मौका पाएका हुन् ।

ओडिआई टिमका नियमित सदस्यहरू आरिफ शेख, ज्ञानेन्द्र मल्ल र भीम सार्कीले भने टी–२० टोलीमा मौका पाएनन् । प्रतियोगिता दुई महिनापछि चीनको हान्झोउमा आयोजना हुँदैछ ।

नेपालको टोली : आसिफ शेख (विकेटकिपर), कुशल भुर्तेल, रोहितकुमार पौडेल (कप्तान), दीपेन्द्रसिंह ऐरी, कुशल मल्ल, गुलसन झा, करण केसी, विनोद भण्डारी (विकेटकिपर) अविनाश बोहरा, सोमपाल कामी, सन्दीप लामिछाने, ललितनारायण राजवंशी, सन्दीप जोरा, विवेककुमार यादव र प्रतिश जिसी ।

प्रतिक्रिया