एनआरएनए कोरियाको अधिवेसनका लागी पर्यटन मन्त्री श्रीपाली कोरियामा, एयरपोर्टमा नेपाली दुतावास र एनआरएनए कोरियाद्वारा स्वागत

इनेप्लिज २०८० साउन १३ गते ०:४० मा प्रकाशित

कोरिया,गैरआवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद (एनआरएनए) दक्षिण कोरियाको आगामी कार्यकाल २०२३ देखि २०२५ को लागि जुलाई २९ मा अधिवेसन र जुलाई ३० मा नयाँ कार्यसमिति चयनका लागि मतदान गरिंदैछ । उक्त कार्यक्रमको लागी नेपालबाट माननीय संस्कृति,पर्यटन तथा नागरिक उड्डयन राज्यमन्त्री सुशिला श्रीपाली ठकुरी कोरिया आइसकेकी छन । कोरियाको ईन्चोंग एयरपोर्टमा मन्त्री श्रीपालीलाई नेपाली राजदुतावास सिउल र एनआरएनए कोरियाद्वारा भब्य स्वागत गरिएको छ । स्वागतका लागी नेपाली राजदुतावास सिउलका डिसिएम पुस्पराज भट्टराई, एनआरएनए आइसिसि सदस्य विमल सुवेदी,एनआरएनए कोरियाका अध्यक्ष दीपक पुन,वरिस्ठ उपाध्यक्ष सन्जिव राई,एनआरएनए कोरियाका पुर्व सचिव राजकुमार स्याङतानलगाएत पदाधिकारी र सदस्यहरुको उपस्थिति रहेको थियो ।

एनआरएनए कोरियाको अधिवेसनका लागी सम्पुर्ण तयारी सकिएको छ र कार्यक्रम सभ्य र भब्य बनाउन एनआरएनए कोरियाको कार्यसमिती लागिपरेको अध्यक्ष दीपक पुनले बताए ।

कार्यक्रममा नेपालबाट प्रमुख अतिथीको रुपमा आएकी राज्यमन्त्री सुशीला श्रीपाली ठकुरीले कोरियामा रहेका नेपाली संघ,सँस्था र नेपालीहरुसँग छलफल गर्ने बताईन । उक्त अधिवेसनका लागी नेपालवाट संविधान सभा सदस्य हरि ढकाल, नेपाली राजदूतावास सिउलका राजदुत ज्योती प्याकुरेल भण्डारी, एनआरएनए आइसिसी अध्यक्ष विनोद कुँवर,एनआरएनए आइसिसीका पदाधिकारीहरु, विभिन्न देशबाट एनआरएनए पदधिकारीहरुको उपस्थित रहने अध्यक्ष पुनले बताए ।

प्रतिक्रिया