विराटनगर, १२ साउन । कोशी प्रदेशका प्रदेश प्रमुख परशुराम खापुङ्गले मुख्यमन्त्री नियुक्त्तिका लागि आज आह्वान गर्नुभएको छ ।
प्रदेश प्रमुखको कार्यालयबाट जारी विज्ञप्तिमा दुई वा दुई भन्दा बढी दलहरुको समर्थनमा बहुमत प्रप्त गर्न सक्ने कोशी प्रदेशको मुख्यमन्त्री नियुक्त्ति गरी कोशी प्रदेश सरकार गठन गर्ने प्रयोजनका लागि यही साउन १६ गते मङ्गलबार अपरान्ह ५ बजेभित्र आफ्नो दावी पेश गर्न प्रदेश प्रमुखबाट सो आह्वान भएको हो ।
प्रदेश प्रमुखको कार्यालयबाट जारी विज्ञप्तिमा २०८० असार २१ मा भएको कोशी प्रदेश सरकारको मुख्यमन्त्री नियुक्त्ति तथा सरकार गठन सन्दर्भमा सर्वोच्च अदालतमा दायर उत्प्रेषण परमादेश रिट निवेदन उपर साउन ११ को सर्वोच्च अदालतको पूर्ण इजलाशबाट भएको आदेश बमोजिम जनु बिन्दुबाट संविधानको प्रयोग र पालनमा त्रुटि भएको हो, सोही अवस्थाबाट संविधानसम्मत् तवरले प्रक्रिया अगाडि बढाउन मनासिव हुने देखिएको हुँदा २०८० साउन १७ गते भित्र नेपालको संविधानको धारा १६८ को उपधारा(२) बमोजिम प्रदेश सभाको बहुमत प्राप्त गर्न सक्ने प्रदेश सभाको सदस्यहरुलाई मुख्यमन्त्री पदमा नियुक्त्ति गर्नु भत्रे परमादेश जारी भएकोले सोही आधारमा प्रदेश प्रमुखले आह्वान गर्नुभएको हो ।
प्रतिक्रिया