सर्वोच्चको फैसला अनुसार आफु मुख्यमन्त्री रहेको– मुख्यमन्त्री कार्की

इनेप्लिज २०८० साउन १२ गते १०:५७ मा प्रकाशित

विराटनगर,१२ साउन । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले सर्वोच्च अदालतको बिहिवारको फैसलाको आधारमा आफु मुख्यमन्त्री रहेको बताउनु भएको छ।

विराटनगर विमानस्थलमा आज सञ्चारकर्मीहरुसँग कुरागर्दै उहाँले प्रदेशको दिन दैनिकको गाँठो फुकाउन सर्वोच्चले आफ्नो पक्षमा फैसला दिएको प्रष्ट पार्नु भयो ।

मुख्यमन्त्री कार्कीले आफूले मन्त्रालयबाट सवारी साधन नमगाएको र आएमा जाने छु भन्दै विगतको जस्तो अहिले दिनभरि मन्त्रालयमा नवस्ने विचार व्यक्त्त गर्नु भयो ।

उहाँले भन्नु भयो ‘नेपालको संविधानको धारा १६८ को उपधारा(२) अनुसार साउन १७ गतेसम्म सरकार निर्माण नभएमा धारा १६८(३) अनुसार सरकार निर्माण हुने छ ’ ।

मुख्यमन्त्री कार्कीले प्रदेशलाई संस्थागत गर्न सबैदलको सहमतीमा नयाँ सरकार निर्माण गर्न आफु तयार रहेको बताउनु भयो ।

उहाँले नेकपा एमाले नेपाली कांग्रेससँग प्रदेश सरकार निर्माणका लागि गठबन्धन गर्न तयार रहेको र विगतमा पार्टीका नेताहरुले समेत यो कुरा भनेको प्रष्ट पार्नु भयो ।

प्रतिक्रिया