फ्लोरिडामा ११ वर्षीय किशोरीले साथी अपहरणमा परेको झुटो खवर दिएकोमा पक्राउ

इनेप्लिज २०८० साउन ११ गते १६:५५ मा प्रकाशित

अमेरिकाको फ्लोरिडामा एक ११ वर्षीय किशोरीले साथी अपहरणमा परेको झूटो खवर दिएकोमा प्रहरीले पक्राउ गरेको छ ।

सिविएसन्यूजका अनुसार ११ वर्षीय किशोरीलाई “युट्यूब चुनौती” खेल खेल्दै साथी अपहरणमा परेको झूटो खवर दिए पछि उनलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

बुधवार मध्य फ्लोरिडामा उनको घरको बाहिर हिरासतमा लगाइएको थियो । उनको १४ वर्षीय साथीको नक्कली अपहरणको विवरण दिएपछि उनलाई हिरासतमा लिइएको अधिकारीहरूले बताए ।

उनले आफ्नो साथीलाई सेतो मालबाहक गाडी(भ्यान) चलाउँदै गरेको सशस्त्र व्यक्तिले अपहरण गरेको बताएकी थिइन्।

अधिकारीहरूका अनुसार धेरै प्रहरी विभागका सहायक प्रहरीहरु र अधिकारीहरू उड्डयन टोलीको साथमा गाडीको खोजी गर्न खटिएका थिए ।

प्रतिक्रिया