बि.पि.को ब्याजले मात्र अबकांग्रेस चल्दैन

इनेप्लिज २०८० साउन १० गते २२:३३ मा प्रकाशित

वीपीलाई प्रधानमन्त्री भएपछि मोहन शमशेरले सोधेका थिए, ‘वीपी अब तपाईं प्रधानमन्त्री हुनुभयो, तपाईंको उद्देश्य के छ ?’ वीपीले सरल उत्तर दिएका थिए, ‘एउटा मध्यम वर्गीय परिवारको मान्छे हुँ, बिहान बेलुका खान हामीलाई दुःख छैन । मेरो अलिकति खेत पनि छ, त्यहीँबाट गुजारा चल्छ, मेरो अबको उद्देश्य भनेको हरेक नेपालीलाई मेरै हैसियतमा पुर्याउने हो ।’

वीपीको यस्तो विचार सानैमा पढेको थिएँ, जुन आजसम्म पनि मनमा अमिट छाप बनेर बसेको छ । वीपीका बारेमा यस्ता अनेकौं कुराहरू पढिन्थ्यो, सुनिन्थ्यो र अग्रजहरूबाट बुझिन्थ्यो । त्यसकारण त्यतिबेला मेरो बाल मस्तिष्कबाट नै वीपी विचार र सिद्धान्त प्रति झुकाव बढेको थियो । त्यसकारण पनि सानैबाट (स्कुले जीवनदेखि नै) वीपी विचारप्रति झुकाव बढ्न थाल्यो । अहिले पनि वीपीको त्यो विचार प्रति झुकाव मरेको छैन । वीपीकै आर्दश र सिद्धान्तलाई आत्मसात् गरिएको छ ।

आज कांग्रेस वीपीलाई बेच्छ तर वीपीका आर्दश, सिद्धान्त र विचारहरूलाई व्यवहारमा लागू गर्दैन । यसले वीपीका अनुयायीहरूलाई ठूलो चोट पुगेको छ । कांग्रेस प्रजातन्त्र स्थापनापछि लामो समय सत्तामा बस्यो, त्यतिबेला उसले न वीपी सम्झियो न त वीपीका विचार सिद्धान्त र आर्दशहरू नै सम्झियो । जसले गर्दा देशमा कांग्रेसको लोकप्रियता क्रमशः घट्दै गयो र कांग्रेस आजको हालतमा पुगेको छ ।

वीपीका आफ्नै भाइ–भतिजा पटक पटक प्रधानमन्त्री भए । उनकै शिष्य शेरबहादुर पटक पटक प्रधानमन्त्री भए, अहिले कांग्रेसको सभापति छन् । वीपीकै कान्छा छोरा डा. शशांक अहिले कांग्रेसका महामन्त्री हुँदै केन्द्रीय सदस्य छन् । तर पनि कांग्रेसको नेतृत्व तहले कहिल्यै नेपाली राजनीतिमा र सत्ता सञ्चालनमा वीपी विचार र नीति लागू गर्न सकेन । यसले वीपीका अनुयायीलाई त चोट परेको छ नै स्वयं सान्दाजुको आत्मासमेत पक्कै पनि खुसी भएको छैन होला ।

राष्ट्रियताको सवालमा वीपीको अडान अविचलित थियो । उनी कुनै पनि दृष्टिकोणबाट भारत या चीनले नेपाललाई हेपेको मन पराउँदैन’थे, तत्काल प्रतिक्रिया जनाइहाल्थे । तत्कालीन भारतीय र चीनका शासक वीपीसँग यसकारण डराउँथे कि वीपीले बिस्तारै आफ्नो छवि अन्तर्राष्ट्रियस्तरमा ख्यातिप्राप्त राजनेताको रूपमा विकास गर्दै लगेका थिए एकदिन एउटा कार्यकर्ताले वीपीलाई सोधेछन्, ‘सान्दाजु प्रजातन्त्र आएपछि हामीजस्ता कार्यकर्तालाई के हुन्छ ?’ वीपीले भनेछन्, ‘प्रजातन्त्र आएपछि एकपटक फेरि पार्टी भित्र सुकिला मुकिलाहरू हाबी हुनेछन्, तिनले आदर्श बिर्सनेछन्, त्यस्ताका विरुद्ध पार्टीभित्रै फेरि तिमी जस्ता कार्यकर्ताहरूले संघर्ष गर्नुपर्छ । वीपी कति दूरदर्शी थिए भन्ने यही कुराले पुष्टि गर्छ ।

नभन्दै प्रजातन्त्र आएपछि त्यस्तै भयो, वीपीका आर्दश र सिद्धान्तहरू बिर्सिन थालियो र सुकिला मुकिला पार्टीमा हाबी हुँदै गए । तर इमान्दार कार्यकर्ताहरूले अझै तिनीहरू विरुद्ध संघर्ष गरेका छैनन् । अति हुँदै गयो भने एकदिन त्यो पनि अवश्य हुनेछ ।

त्यसकारण कांग्रेस नेतृत्वले यसबारेमा बेलैमा सोचोस् । वीपी व्यक्ति मात्र नभएर विचार र सिद्धान्त हो, तसर्थ वीपीलाई अब कांग्रेसले व्यवहारमा नै अवलम्बन गर्नु आवश्यक छ ।आफू पनि केही नयाँ दिन नसक्ने अनि ७० वर्ष पहिले वीपीले प्रतिपादन गरेका सिद्धान्तलाई पनि व्यवहारमा अवलम्बन नगर्दा कांग्रेस नेतृत्व चक्रव्यूहमा फसेको छ । चक्रव्यूहबाट निस्कने एकमात्र सूत्र वीपीकै आर्दश, नीति र सिद्धान्त हो ।आफू पनि केही नयाँ दिन नसक्ने अनि ७० वर्ष पहिले वीपीले प्रतिपादन गरेका सिद्धान्तलाई पनि व्यवहारमा अवलम्बन नगर्दा कांग्रेस नेतृत्व चक्रव्यूहमा फसेको छ । चक्रव्यूहबाट निस्कने एकमात्र सूत्र वीपीकै आर्दश, नीति र सिद्धान्त हो ।कांग्रेसलाई विपी दर्शनलाई अहिलेको परिवर्तन अनुसार तिखारेर एउटा वाद बनाएर त्यसलाई केन्द्रविन्दुमा राखेर अघि बढ्नु पर्ने कांग्रेसले पदकै लागि लुछाचुडी गरेको देख्दा कांग्रेसका साधारण सदस्यलाई लाज लाग्न थालेको गगन थापाले थाहा भएका छ्रैनन् कि भन्ने लागेको छ।

कांग्रेसले विपीको आदर्श, दर्शनलाई लिखित रुपमै छोडेको धेरै भइसकेको छ। विपीको विचार रुपी दस्तावेजलाई गिरिजाप्रसाद कोइराला र उनका अनुयायीहरुले यका देशको कथा जस्तै बनाइसकेका छन्।

विपीले नेपाल भनेको गाउँ हो र नेपालको विकास भन्नु नै गाउँको विकास हो भन्ने कुरालाई मूल आधार बनाएर झुपडी, गाउँ र बस्तीबाट विकासको बिगुल फुक्नु पर्ने तर्क दिने गरेका थिए। आफ्नै पाखुराले आफ्नै माटोमा परिश्रम गरेर आर्थिक उन्नती गर्नुपर्दछ भन्ने उनको तर्क थियो।

प्रत्येक योजना र कार्यक्रम जनस्तरबाट सञ्चालन गराई ग्रामीण विपन्न वर्गलाई प्रोत्साहित गर्न सक्ने आधार तयार पार्न सहकारिता, विकेन्द्रीकरण आयोजनालाई ग्राहयता दिनुपर्ने तर्क दिएका थिए नागरिकको आधारभुत आवश्यकताको रुपमा रहेको गाँस, बास, कपास, सिशक्षा, स्वास्थ्य, सुरक्षा र अन्य कतिपय मानवीय आवश्यकता परिपूर्ति गर्न अवसर जुटाइने कुरा सम्मेलनबाट पारित भएका धारणाहरु थिए।

न्यायमा आधारित समतामूलक समाज निर्माण गर्ने, व्यक्तिगत महत्व र अस्तित्वको रक्षा गरी समन्वय, सद्भाव र पारस्परिक हितमा आधारित समाज निर्माण गर्ने बिषयलाई समाजवादको अवधारणा भित्र समावेश गरिएको थियो। त्यसलाई नै वीपी कोइरालाले नेपालमा पनि लागु गर्न चाहे।

नेपाली कांग्रेसले के गर्दैछ भन्ने चाँसो विश्वलाई हुन्छ। त्यसैले विश्व परिवेशमा जसरी वीपी कोइरालाले आफ्नो चिन्तन दिन सफल भएका थिए त्यसैले उनका अनुयायीहरुले पनि कुनै नीति, कार्यक्रमहरु लागु गर्दा बीपीको सिद्धान्तलाई मूख्य आधार मानेर गर्नु पर्दछ। जुन पाइँदैनविपी कोइराला चिन्तन बढी गर्दथे। उनले हाम्रो मुलुक गरिब छ, नेपाल किसानको मुलुक हो भनेका थिए। बीपीले मिहिन रुपमा समाजवादलाई व्याख्या गर्ने क्रममा ‘जसले किसानको, हलो जोत्नेहरूको भलाइ गर्छ, जसले गाउँलाई चिनेको छ, गाउँमा बस्ने मानिसको अवस्था बुझेको छ, गाउँको भलाइको जुन नीति छ, जुन कार्यक्रम छ, त्यही नै समाजवादी नीति र कार्यक्रम हो जमिनको स्वामित्व जमिनमा काम गर्ने किसानलाई नै दिनु समाजवाद हो’ भनेका थिए।आधुनिक राजनीति शास्त्रमा धेरै राजनीतिक सिद्धान्तहरु प्रतिपादन भए। बाग्मती नदीमा धेरै पानी बगिसकेजस्तै संसारमा धेरै राजनीतिक सिद्धान्तहरु आउनेजाने क्रम चलिरहेको छ।

तर विपीको दर्शनलाई वादमा परिवर्तन गर्नका लागि नेपाली कांग्रेसले चासो नदेखाई नहुने भएको छ। वीपीले मानिसको सर्वाङ्गीण विकास अथवा जीवनको सम्पूर्ण पक्षलाई छुने यस्तो कुनै संस्कृति छ, तिनलाई समात्नु, प्राप्त गर्नुलाई नै समाजवाद भनेका थिए।

समाजवाद कुनै छुट्टै कानुन होइन, आन्दोलन होइन बरु यो एउटा सांस्कृतिक आन्दोलन हो भनेका थिए। बीपीको विचारमा समाजवादको एउटा मुख्य लक्ष्य समानता हो र समानता पनि राजनीतिक तथा आर्थिक समानतामा जोड दिएका थिए।

कांग्रेसले यी दुबै समानताका लागि केही गरेजस्तो गरेको छ। तर, त्यसको प्रचार प्रसार गरेको छैन। किनकी म प्रधानमन्त्री भएपछि परिवर्तन हुन्छ भन्ने हरिलठ्ठक सोच बोक्ने प्रबृत्ति हावी हुन थालेपछि यस्तै हुन्छ विपीले भोला चटर्जीलाई दिनु भएको अन्तर्वार्ता पुस्तकको रुपमा प्रकाशित छ। उक्त पुस्तकको अन्त्यमा भोला चटर्जीले विपीले केही कुरा मेरो मृत्यु पछि मात्र प्रकाशन गर्नु भनेकोले कलकत्ताको आई.एस.आई. ल्याब्रेरीमा टाइप गरेर राखिदिएको छु भनेर लेखेका छन्।

उक्त सूचना लिन प्रदीप गिरिले भने बमोजिम कलकत्ता समेत पुगियो। तर चटर्जीको परिवारको सदस्यको स्वीकृति विना प्राप्त गर्न नपाइने भएपछि अहिलेसम्म त्यो कसैले खोजेको छैन। यो खोज्ने दायित्व नेपाली कांग्रेसको हो।

लेखक नेपाली कांग्रेस कृयासिल सदस्य                       

बेद प्रसाद घिमिरे ओखलढुंगा 

प्रतिक्रिया