वीन्डसर (ओन्टारियो), क्यानेडियन नेवाः गुठिको हालै वीन्डसरमा बसेको कार्यसमिति बैठकले वीन्डसर नगरमा गुठिको शाखा (च्याप्टर) खोल्ने निर्णय गरि नौ सदस्यिय तदर्थ समिति गठन गरेको छ। गुठिको सो मासिक कार्य समिति बैठक वीन्डसरका नेवाः समुदायको आतिथ्यमा हालै वीन्डसरमा आयोजना गरिएको थियो।
कार्यक्रममा गुठिका कार्यसमिति परिवारलाई स्वागत गर्नु हुदै समाजसेवी दिनेश सिंह मल्लले गुठिको बैठकको लागि टोरोन्टो बाट वीन्डसर नगर सम्म यात्रा गरि आउनु भएकोमा धन्यबाद ब्यक्त गर्नु भयो। साथै गुठिको सहयोगमा वीन्डसर नगरमा नेवाः संस्कृतिको प्रबर्द्दनको साथै “नेवाः खानाको मेला” गर्न पाए नेवाः संस्कृतिको प्रचार प्रसार हुने बिस्वास ब्यक्त गर्नु भयो। वीन्डसर नेवाः समुदायका अग्रज ब्यक्तित्व नबिन रंजितले नेवाः संस्कृतिको संरक्षण गर्न प्रथम त नेवाः भाषालाई जीबन्त राख्न आबश्यक भएको बताउनु भयो। ” भाषा जिबित रहे मात्रै जाति जिबित रहने” भन्ने नेपाल भाषाका प्रसिद्द साहित्यकार सिद्दिदास अमात्यको भनाइलाई उदॄत गर्नु हुन्दै नेपाल भाषाको कक्षाहरु संचालन गर्नु पर्नेमा जोड दिनु भयो।
गुठिका अध्यक्ष प्रकाश प्रधानले गुठिको मासिक बैठक मनोहर नगरी वीन्डसरमा गर्न पाएकोमा खुशी ब्यक्त गर्नु हुदै आयोजक मित्रहरु प्रति आभार ब्यक्त गर्नु भयो। गुठिका उपाध्यक्ष उत्तम माकःजूले नेवाः संस्कृतिको अद्वितिय पक्षबारे प्रकाश पार्नु हुदै यसको संरक्षण तथा प्रचार प्रसारको लागि सबै एकजुट भै लाग्नु पर्ने बताउनु भयो। साथै उहाँले वीन्डसर तथा यसको सामिप्य क्षेत्रमा नेवाः संस्कृतिको प्रबर्द्दनको लागि गुठिको आबश्यक सहयोग रहने बताउनु भयो। गुठिका महा सचिब बिमल श्रेष्ठले गुथिका नियमित तथा आगामि कार्यक्रम बारे प्रकाश पार्नु हुदै वीन्डसर नगरमा गुठिको शाखा स्थापनाले गुथिको महत्व झन बढेको छ भन्नु भयो। साथै उहाँले गुठिको मासिक बैठक वीन्डसर नगरमा गर्ने मौका प्रदान गर्नुको साथै न्यानो आतिथ्यको लागि आयोजक समूह प्रति हार्दिक धन्यबाद ब्यक्त गर्नु भयो।
गुठिको बैठक पछि पाहुनाहरुलाई नेवाः परम्परागत खाना “समय् बजि” द्वारा सत्कार गरिएको थियो भने त्यसपछि नेवाः गीत , नृत्य तथा परम्परागत नेवाः धिमे बाजा प्रस्तुत गरिएको थियो। सो बैठक टोरण्टो बाट करिब ३७० कि. मि. टाढा ओन्टरियो राज्यको दक्षिण पक्षिम शहर वीन्डसरको डेट्व्राइट नदिको किनार स्थित मनोरम रिभरसाइड पार्कमा गरिएको थियो।
प्रतिक्रिया