अमेरिकामा एक जना नेपालीको हृदयघात भई निधन

इनेप्लिज २०८० साउन १० गते १०:४३ मा प्रकाशित

ईनेप्लीज
२६ जुलाई २०२३
वाशिंगटन डिसी

अमेरिकाको राजधानी वाशिंगटन डिसी नजिकै म्यरिल्याँण्ड राज्यमा बुटवलका गोपाल तुलाचनको हृदयघात भई दु:खद निधन भएको छ ।

म्यरिल्याँण्ड राज्यको गेथेस्बर्ग शहरमा यही जुलाई २४ सोमबार सुतेकै अवस्थामा हृदयघात भई दु:खद निधन भएको हो ।
एनआरएनकी रबिना थापाका श्रीमान् नारायण थापाका अनुसार दिबंगत गोपाल तुलाचन लामो समय देखि बाल्टिमोरबासी हुन् र सपरिवार नेपाल गएर अमेरिका आएको दुई हप्ता मात्रै भएको थियो ।

श्रीमती सरला तुलाचन र दुई छोरीहरु नेपालमै छन् । दिबंगत गोपाल तुलाचनको पार्थिब शरीरलाई गेथेस्बर्गको एक मुर्दा घर ( फ़्युनरल होम ) मा राखिएको छ र जुलाई २६ तारिख बुधबार बिहान ११ बजे दाह-संस्कार गरिने भएको छ।

दाह-संस्कार हुने ठेगाना :

स्थान : 10 E Deer Park Drive ,
Gaithersburg , MD 20877
Devol Funeral Home
मिती : २६ जुलाई २०२३ , बुधबार
समय : बिहान ११ बजे

सम्पर्कको लागी :

बन्धन शेरचन 301-569-0972
ऒम तुलाचन 410-207-3874
गगेन्द्र गौचन 703-340-9853
खेम भट्टचन 571-242-5510

प्रतिक्रिया