अमेरिका र रुसको कैदी आदान प्रदानमा रिहा भएका ट्रेभर रीड युक्रेनको लडाईमा घाइते

इनेप्लिज २०८० साउन ९ गते २२:४० मा प्रकाशित

सन् २०२२ मा अमेरिका र रुसको कैदी आदान प्रदानमा रिहा भएका ट्रेभर रीड युक्रेनको लडाईमा घाइते भएको सिबिएसन्यूजले जनाएको छ ।

२०२२ मा बाइडेन प्रशासनले मध्यस्थतामा रुससँग कैदी आदान प्रदानमा रिहा भएका अमेरिकी पूर्व नौसेनाका ट्रेभर रीड हालै युक्रेनको पूर्वमा लड्दा घाइते भएका छन ।

धेरै स्रोतहरूले सीबीएसलाई बताए अनुसार रीडलाई एक गैर-सरकारी संस्थाले युक्रेनबाट बाहिर निकालेको थियो । ती चोटहरूबाट निको हुने अपेक्षा गरिएको छ। दुई स्रोतहरूले पुष्टि गर्दै जर्मनीको ल्यान्डस्टुहलको सैन्य सुविधामा उपचार भइरहेको जनाएका छन् ।

बाइडेन प्रशासन युक्रेनमा रीडलाई लागेको गम्भीर चोटपटक र उपचारको लागि जर्मनीको यात्रा बारे सचेत छ भनि सिबिएसले उल्लेख गरेको छ । एक प्रशासनिक अधिकारीले एक विज्ञप्तिमा मार्फत रीड अमेरिकी सरकारको तर्फबाट कुनै गतिविधिमा संलग्न नभएको स्पष्ट पारेका छन् ।

अमेरिकी सरकारले युक्रेनमा यात्रा नगर्न अमेरिकीहरूलाई चेतावनी दिदै आएको छ भने लडाईमा भाग लिन छोड्न समेत आग्रह गरेको छ ।

संयुक्त राज्य अमेरिकाले युक्रेनबाट अमेरिकी नागरिकहरूलाई बाहिर निकाल्न सहयोग प्रदान गर्न सक्षम नभएको अधिकारीले बताए ।

प्रतिक्रिया