मिति २०८०।०४।०८ गते दिउसो अं.४;३० बजेको समयमा जिल्ला रूपन्देही सैनामैना न.पा.वडानं.१० सालझण्डी बजार स्थितमा लागु औषध खैरो हेरोईनको खरिद बिक्री कारोवार भईरहेको छ भन्ने गोप्य सुचनाको आधारमा यस कार्यालयबाट खटिएको प्रहरी टोलीले जिल्ला रूपन्देही सैनामैना न.पा.वडा नं.१० सालझण्डी बजार स्थित ड्याम साईडमा खैरो हेरोईन जस्तो लागु पदार्थ खरिद बिक्री गरिरहेको अबस्थामा जिल्ला रूपन्देही कञ्चन गा.पा.वडा नं.५ बस्ने बर्ष १८ को प्रतिक थापा, जिल्ला रूपन्देही सैनामैना न.पा.वडा नं.१० बस्ने बर्ष २६ को पट भन्ने सुनिल थारू, सोही स्थान बस्ने बर्ष २८ को जिसस भन्ने जित बहादुर दर्लामी र बर्ष २५ को डि के भन्ने दिनेश कुमार पुन समेतलाई फेला पारी शरिर खानतलासी गर्दा उनिहरुको साथबाट ३२ थान पुडियामा गरी जम्मा २५६० मिली ग्राम लागु औषध खैरो हेरोईन फेला पारी पक्राउ गरीएको ।
प्रतिक्रिया