अमेरिकी महिला पौडीबाजद्वारा माइकल फेल्प्सले राखेको कीर्तिमान बराबर उपाधी हासिल

इनेप्लिज २०८० साउन ९ गते २२:१३ मा प्रकाशित

अमेरिकी महिला पौडीबाजले माइकल फेल्प्सले राखेको कीर्तिमान बराबरउपाधी हासिल गरेकी छिन ।

केटी लेडेकीले विश्व च्याम्पियनसिप( प्रतियोगिता)मा प्रभावशाली प्रदर्शन गर्दै अमेरिकी माइकल फेल्प्सले राखेको कीर्तिमान बराबरी राख्न सफल भएकी छिन ।

लेडेकीले मंगलबार फेल्प्सलाई व्यक्तिगत पेशागत खेल जीवन यात्रा (करियर)मा सर्वाधिक व्यक्तिगत विश्व पौडी खेल्ने उपाधि हात पारेकी छिन ।

जापानको फुकुओकामा भएको विश्व प्रतियोगिताना १५०० मिटर फ्रिस्टाइल( स्वतन्त्र पौडी)मा आफ्नो वर्चस्व कायम गर्दै २६ वर्षीया युवतीले आफ्नो १५ औँ व्यक्तिगत विश्व उपाधि जितेकी हुन् ।

लेडेकीले १५ मिनेट २६ दशमलव २७ सेकेन्डको समय पूरा गर्न सफल भएकी छिन ।

लेडेकीले २३ पटक ओलम्पिक स्वर्ण पदक विजेता माइकल फेल्प्सले राखेको सबैभन्दा व्यक्तिगत विश्व पौडी खेल्ने किर्तिमान बराबर उपाधी प्राप्त गरेकी छिन भनि सिएनएनले समाचार लेखेको छ ।

प्रतिक्रिया