ट्विटरले निलो चराको प्रतीक चिन्हलाई “एक्स ” मा परिवर्तन गर्यो

इनेप्लिज २०८० साउन ९ गते १०:५७ मा प्रकाशित

इलन मस्कले ट्विटरमा चराको प्रतीक चिन्ह(लोगो)लाई “एक्स ” मा परिवर्तन गरेका छन् ।

मस्कले गत आइतवार ट्विटरको लोगो(प्रतीक चिन्ह)लाई प्रसिद्ध ब्लू बर्ड(निलो चरा)बाट अंग्रेजी एक्स अर्थात् x मा परिवर्तन गर्ने योजना बनाएका थिए । गत वर्ष सामाजिक सञ्जाल मन्च ४४ बिलियन डलरमा खरिद गरेपछि उनले थुप्रै कुराहरु परिवर्तन गरि रहेका छन् । उनले सोमबार बिहान देखि नै परिवर्तन गर्ने भने बमोजिम उनले सुरुवात आफ्नै मुख्यालयबाट सुरु गरेका छन् ।

आफैले सामाजिक संजाल ट्विटरमा प्रतिक चिन्ह परिवर्तन गरिएको भन्दै आफ्नो मुख्यालयको भवनमै एक्सको प्रतिक चिन्ह (लोगो) राखिएको प्रकाशन गरेका छन् ।

हालका ट्विटरका प्रमुख कार्यकारी अधिकारी लिन्डा याकारिनोले यो एक असाधारण दुर्लभ कुरा हो ,जीवनमा वा व्यवसायमा भन्दै ट्वीट गरेकी छिन ।

याकारिनो पहिले एनबीसी युनिभर्सलमा विज्ञापन कार्यकारीको रूपमा काम गरेकी थिइन् । १९९९ मा, मस्कले एक्स डटकम नामक स्टार्टअप सँस्था स्थापना गरेका थिए तर हाल त्यसलाई पे-पाल भनेर बिश्वब्यापी भनेर चिनिन्छ । मस्कले गत आइतवारको ट्वीटमा मलाई X (एक्स )अक्षर मनपर्छ भनेका थिए ।

प्रतिक्रिया