पोखराको फुर्सेखोलामा पौडी खेल्ने क्रममा बेपत्ता भएका युवाको श’व भेटियो – भिडियो रिपोर्ट

इनेप्लिज २०८० साउन ८ गते २२:३६ मा प्रकाशित

पोखरा महानगरपालिका वडा नम्बर १७ पावरहाउस नजिक फुस्रेखोलामा पौडी खेल्ने क्रममा डुबेर एक जनाको मृत्यु भएको छ ।

पोखरा महानगरपािलका ८ बगालेटोलका १६ बर्षिय विवेक कुँवरको मृत्यु भएको हो । पौडी खेल्ने क्रममा बेपत्ता भएका उनको खोजीका लागि वडा प्रहरी कार्यालय बैदामबाट प्रहरी र सशस्त्र प्रहरी बल २४ नम्बर गणबाट समेत गएको गोताखोर टोलीले खोजी गरेको थियो

खोजतलास गर्दा शनिबार राति घटनास्थल नजिकै पानीभित्र खोँचमा फेला पारी उद्वार गरेको थियो । उनलाई पश्चिम क्षेत्रिय अस्पताल गण्डकीमा पठाईएकोमा चिकित्कसले मृत घोषणा गरेको हो ।

प्रतिक्रिया