एएनएका अध्यक्ष खगेन्द्र अधिकारी द्वारा एनआरएनए अमेरिकाको नव निर्वाचित अध्यक्ष डा. वन्जाडेलाई बधाई तथा शुभकामना प्रदान

इनेप्लिज २०८० साउन ८ गते २२:१७ मा प्रकाशित

“वासिंटन, डि.सी.,”एएनए” का वर्तमान अध्यक्ष खगेन्द्र अधिकारी ले ” एएनए” परिवार एवं आफ्नो व्यक्तिगत तर्फ बाट “एनआरएनए” अमेरिका का नव निर्वाचित अध्यक्ष डा. अर्जुन वन्जाडेलाई बधाई तथा सफल कार्यकालको लागि शुभकामना प्रदान गर्नु भएको छ।

यसरी नै “एएनए” अध्यक्ष अधिकारीले अमेरिका भरिका सम्पूर्ण च्याप्टरहरुका नव निर्वाचित र सर्वसम्मत अध्यक्ष सहित कार्य समितिका सम्पूर्ण पदाधिकारीहरु एवं आई. सि.सि. मा निर्वाचित पदाधिकारी एवं सदस्यहरुलाई पनि बधाई भन्दै उपलब्धिमुलक र सफल कार्यकालको लागि शुभकामना व्यक्त गर्नु भएको छ।

पूर्ण पाठ जस्ताको तस्तै :

हार्दिक बधाई तथा सफल कार्यकालको लागि शुभकामना

गैरआवासीय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद , संयुक्त राज्य अमेरिकाको हालै सम्पन्न निर्वाचनमा गरिमामय अध्यक्ष पदमा अत्यधिक अर्थात् भारी मतान्तर सहितको चुनावी मत परिणाम बाट निर्वाचित हुनुभएकोमा डा. अर्जुन वन्जाडे लगायत एन.सि.सी. का सम्पुर्णमा बिजयी पदाधिकारीहरुमा हार्दिक बधाई सहित सफल कार्यकालको लागि हार्दिक शुभकामना व्यक्त गर्दछौं।

यसैगरी अमेरिका भरिका सम्पूर्ण च्याप्टरहरुका निर्वाचित र सर्वसम्मत अध्यक्ष सहित कार्य समितिका पदाधिकारीहरु एवं आई. सि.सि. मा निर्वाचित सदस्यहरुलाई पनि बधाई साथै हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौं।

निर्वाचनको लोकतान्त्रिक र प्रजातांत्रिक पद्धतिमा प्रत्यक्ष र अप्रत्यक्ष अभ्यासमा अहोरात्र र निरन्तर खटेर अथक परिश्रम गर्नु हुँने निर्बाचन समितिका पदाधिकारीहरुमा पनि बिशेष आभार प्रकट गर्दछौं।

हाम्रो साझा एन.आर.एन.ए.बर्तमानमा संस्थागत रुपमै विभिन्न राजनीतिक र अन्य विकृति र विसंगतिहरू बाट चुर्लुम्म जकडिएको अस्वास्थ्यकर परिस्थितिमा आँफु र आफ्नो नेतृत्वले यस पवित्र र ज़िम्मेवार संस्थालाई पूर्ण रुपमा सार्वजनिक, सामुदायिक अनि नितान्त सामाजीकरण गर्ने निधो गरेर यस महत्वपूर्ण साथ-साथै महान अभियानमा अभिभावकीय, निष्पक्ष र स्वतंत्र मियो बन्न अठोट गरेर धमिलो र असमझदार कार्यहरु नगर्ने साथै यस प्रकारको वातावरण बाट संस्थालाई बचाउन पहलकदमी गर्ने बाँचा गरेर बेमेलको विरुद्ध सवल, सुदृढ़, पारदर्शी, समावेशी, रुपान्तरण र बिस्वाससनिय परिवर्तन गर्न अपरिहार्य छ भन्ने सोच राख्ने हाम्रा र राम्रा व्यक्तित्व डा.अर्जुन बन्जाडे र उहाँको नेतृत्वमा रहने बिभिन्न आदरणिय व्यक्तित्वहरु गैर आबासीय नेपाली संघ संयुक्त राज्य अमेरिकाको कार्यसमितिमा र अन्तर्राष्ट्रिय, राष्ट्रिस, क्षेत्रीय, स्थानीय समितिहरु र प्रतिनिधित्वमा सम्पन्न निर्वाचन बाट आगामी कार्यकाल अर्थात् २०२३-२०२५ दुई बर्षे कार्यकालका लागि अध्यक्ष लगायत बिभिन्न पदमा अत्यधिक मतले बिजयी हुनुभएकोमा डा. अर्जुन बन्जाडे लगायत बिभिन्न पदाधिकारी मित्रहरु प्रति सुखद विजयि नतीजाको लागि खुसि व्यक्त गर्दछौं।

विजयी हुँनु भएका सम्पुर्ण पदाधिकारी, सदस्य एवं आई.सि.सी. पदाधिकारिहरुमा हार्दिक बधाई तथा सफल, पूर्ण, उपलब्धिमुलक र सुखदायक कार्यकालको लागि हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौं।

यसै गरि प्रजातांत्रिक अभ्यासमा सामेल भै सहज नतिजा हाँसिल गर्न अत्योधिक मत प्राप्त गर्न प्राविधिक रुपमा सिद्ध नभै झिनो मतान्तर बाट उपविजेता हुँनु भएका आदरणीय मित्र दिलु राम पराजुली लगायतका अन्य आदरणीय सम्पूर्ण सामाजिक व्यक्तित्वहरुमा यस प्रकारको सृजनात्मक, सार्वजनिक र सामाजिक सेवाको निरन्तर अभियानमा दत्त-चित्त रहि रहेर अर्कोपटक सफलता हाँसिल गर्ने बिस्वासमा लागि संस्थागत रुपमा प्रतिबद्ध रहनु होला र संस्थागत एकताको
पहलकदमीका लागि थप उत्साहित, उर्जावान साथै उपलब्धिमुलक भै नै रहनुहोला भन्ने शुभकामना पनि प्रकटीकरण गर्दछौं।

अन्तमा पुनः नितान्त प्रजातांत्रिक पद्धति मार्फत सफलतापूर्वक निर्वाचन परिणाम हाँसिल गर्नु भएका अध्यक्ष डा. बन्जाडे लगायत बिभिन्न तह र तप्काका सम्पूर्ण सहयोगी र सहयात्री साथिहरू साथै उपविजेता हुनु भएका श्री दिलु राम पराजुली लगायत सम्पूर्ण सामाजिक सेवाको मर्ममा लागिपर्नु भएका मतदाता र सम्बद्ध सबैमा हार्दिक वधाई सहित गैर आवासीय नेपालीहरुका हक़-हितका मुद्दाहरुमा कर्मभूमि अमेरिकी मुलुक मै बसोबास गर्दै सकारात्मक भएर सचेत हुँदै मातृभूमि नेपाल संग जोडिने (एन.आर.एन.) अभियानलाई सफल वनाउन नेत्रित्वदायि भूमिका निर्वाह गर्ने सहि र वास्तविक गैर आवासीय नेपाली अभियानलाई सक्षमता सहित यसलाई यथोचित रुपमा सफल पार्न प्रत्यक्ष वा अप्रत्यक्ष रुपमा सहयोग र साथ पुर्याई रहनु हुने सम्पूर्ण मर्मस्पर्शी सामाजिक सेवाको क्षेत्रमा दिन रात खटिनु भएका व्यक्तित्वहरूमा हार्दिक आभार व्यक्त गर्दछौं।

आउने दिनहरुमा महत्वपूर्ण र मर्मस्पर्शी सामाजिक सेवाका मान्यताहरु प्रदान गर्न साथै प्राप्त गर्न अनि यथोचित उपलब्धिहरु हाँसिल गर्ने क्रममा बिभिन्न उकालि ओरालीहरु, घुम्तिहरु, झरि-वादल र सुख एवं दुःखहरुमा संगै सहयात्रा गर्न हामिहरु अर्थात् ए.एन.ए. परिवारहरु र एन.आर.एन.ए. परिवारहरु आपसी सहयोग र समझदारी कायम गरेर नै सामाजिक सेवाको निष्ठावान सिद्धांत भित्र रहदै सहकार्य गर्न सफल बन्न र सक्षम हुन सक्ने छौं भन्ने पूर्ण बिस्वास सहित सम्पूर्णमा पुनः बधाई एवं शुभकामना व्यक्त गर्दछौं।

विनीत,
खगेन्द्र अधिकारी
अध्यक्ष
Association of Nepalis in the Americas (ANA) and family
North America
July 24, 2024

प्रतिक्रिया