फुडगुरू सुरेशचन्द्र बस्नेतको पाककला सम्बन्धी पुस्तक “द टेस्ट अफ हिमालयन” बजारमा

इनेप्लिज २०८० साउन ८ गते ८:३३ मा प्रकाशित

काठमाडौ, फुडगुरू सुरेश चन्द्र बस्नेतको मौलिक नेपाली रैथाने खानालाई विश्व बजारमा स्थापित गराउने अभियान अन्तर्गत तयार पारिएको पाककला सम्बन्धी (कुकबुक) “द टेस्ट अफ हिमालयन” नामक पुस्तक बजारमा आएको छ।

नेपाली खानाको ब्राण्ड पस्किन अन्तर्राष्ट्रिय स्तरमा मात्र नभई नेपाल भित्रै पनि नेपाली खानाको प्रवद्र्धन गर्नका नेपाली परिकारहरूको स्वाद सात प्रदेशलाई प्रतिनिधित्व गर्ने विभिन्न जातजातिका रैथाने खानालाई तयारी गरी तराईं, पहाड र हिमाली क्षेत्रका घरमै प्रयोग हुने मसलाबाट परिकारहरु बनाउने तरिकालाई बस्नेतले पुस्तकमा समावेश गरेका छन् ।

फोटो खोल्नुहोस्

नेपाली भूमिमा उम्रने परम्परागत खाद्य बस्तु, समेतको उपयोग मार्फत खानालाई विश्व व्यापिकरण गर्ने अभियानमा लागि परेका सामाजिक अभियान्ता परम्परागत नेपाली संस्कृतिमा आधारित रहेका नेपाली खानाहरु बनाउने तरिकाहरू ” द टेस्ट अफ हिमालयन”मा समेटिएका छन् ।

गुणस्तरीय खाना र लोकल संस्कृति बीचको सम्बन्धको अध्ययन , राष्ट्रिय तथा अन्तर्राष्ट्रिय विभिन्न पर्यटन, सेवामुलक तथा सामाजिक संघसंस्था मार्फत राष्ट्र विकास, पर्यटन प्रबद्र्धन तथा सामाजिक सेवामा रही नेपालको संस्कृति झल्किने नेपाली मौलिक खानाको पहिचान, खोज अनुसन्धान,रैथाने बाली र मसला प्रयोग गरि नयाँ नयाँ खानाको प्रचार प्रसार गरि नेपाललाई विश्व बजार सामु चिनाउन र ग्यास्ट्रोनोमी टुरिज्म क्षेत्रमा बस्नेतको योगदानको रहदै आएको छ।

बिगत तीन दशक देखि पाककलामा रचनात्मक शैली मार्फत् दर्जनौ विभिन्न होटल,रेस्टुरेँण्ट एवम् शैक्षिक प्रतिष्ठान काम गरेर अनुभवका साथै नेपाली खानाको विकाश र विस्तारमा सक्रिय रहेका छन् ।

लेखक बस्नेत ग्यास्ट्रोनोमी टुरिज्म एशोसियसन अफ नेपालको अध्यक्ष हुुन् ।

प्रतिक्रिया