नेपाली सेनाको सङ्ख्या घटाउन पर्छ भनेर नबोलेको– रास्वपा अध्यक्ष लामिछाने

इनेप्लिज २०८० साउन ६ गते ११:५२ मा प्रकाशित

विराटनगर,६ साउन । राष्ट्रिय स्वतन्त्र पार्टीका केन्द्रीय अध्यक्ष रवि लामिछानेले नेपाली सेनाको सङ्ख्या घटाउन पर्छ भनेर कहि कतै नबोलेको बताउनु भएको छ।

विराटनगर–११ पिचरास्थित पार्टी कार्यालयमा आज आयोजित पत्रकार सम्मेलनमा उहाँले सेनाको सङ्ख्याको घटाउन सम्बन्धमा सांसद र पार्टीले सेना घटाउने कुनै योजना र पक्षमा समेत नरहेको स्पष्ट पार्नु भयो ।

अध्यक्ष लामिछानेले भन्नु भयो ‘ प्रधानसेनापतिको बरियताक्रम तल रहेकोले यसबाट सेनाको मनोवल कमजोर हुने भएकोले यसलाई सच्याउनु पर्छ ’।

उहाँले मुलुकमा सविधानको सर्वोच्च स्थापना हुनुपर्छ पर्छ भन्दै विधिको शासनमा राष्ट्र सञ्चालन भएमा सुशासन कायम हुनेमा पार्टीको स्पष्ट रहेको धारणा रहेको बताउनु भयो ।

अध्यक्ष लामिछानेले प्रदेश संरचना सुधारका लागि दलहरुबीच सहमती कायम हुनु पर्ने अन्यथा यसवाट जनतामा व्यवस्था प्रति निराशा जागृत हुन विचार राख्नु भयो ।

उहाँले आफनो पार्टी आम समर्थक पार्टी भएको स्पष्ट पार्दै आगामी मङ्सीरदेखि पार्टीको अधिवेशन कार्य शुरु हुने जानकारी दिनु भयो ।

प्रतिक्रिया