क्यानाडामा नेपथ्य व्याण्डको पहिलो कन्सर्ट हुँदै

इनेप्लिज २०८० साउन ६ गते ०:१४ मा प्रकाशित

मोहन बराल टोरन्टो क्यानाडा

नेपाली मौलिक गीत संगीतलाई लोक पप, लोक रक अनि मैत्री रकमा गाएर लोकप्रिय बनेको चर्चित नेपाली ब्याण्ड नेपथ्यले अक्टुबर ८ तारिखमा क्यानाडाको टोरेन्टोमा ऐतिहाँसिक कन्सर्ट आयोजना हुने भएको छ । ३३ बर्षे पुरानो यो समुहले क्यानाडामा भने पहिले पटक आफ्नो प्रस्तुत दिने भएको छ ।नेपथ्यलाई विश्व प्रसिद्घ म्यासी हलमा स्वागत गर्न आतुर रहेका छौं। आयोजक ‘ब्लू जिरियन’ डेरेक्टर सुमन लम्सालले ईनेप्लिजसॅंग बताए ।१२९ बर्षे पुरानो यो हल कन्सर्ट र व्याख्यानहरूको लागि क्यानाडाको सबैभन्दा महत्त्वपूर्ण स्थानको रूपमा अन्तर्राष्ट्रिय रूपमा प्रसिद्ध छ।

लोकप्रिय एवम विश्व प्रसिद्घ गायक एवम संगीतकार टियर्स फर फियर्स, जस्टिन बीबर, क्रीम, बब डिलन, बिली जोएल, द किन्क्स, क्राफ्टवेर्क, लेनी क्राभिट्ज, गोर्डन लाइटफुट, इंगवी माल्मस्टिन, बब मार्ले र द वेलर, नाइटविश, जो सट्रियानी, सेभेन्टिन, रवि शंकर, ह्यारी स्टाइल्स, र भान हेलेनले लगायतले पनि यहॅा आफ्नो प्रस्तुति दिईसकेका छन।

यहि हलमा विश्व प्रसिद्घ व्यक्तिहरु विलियम बुथ, विन्स्टन चर्चिल, हेलेन केलर, थोमस मान र दलाई लामा लगायतले पनि आफ्नो भाषण दिएका थिए ।

फिनल्याण्ड, अमेरिका, दक्षिण कोरिया, जापान,डेनमार्क, अष्ट्रेलिया लगायत दर्जनौं देशहरुको अन्तराष्ट्रिय हलहरूमा आफ्नो प्रस्तुती देखाइसकेको नेपथ्यले बेलायतको विश्व चर्चित ओटु एकेडेमीको विक्सटनमा र वोम्ली एरिनामा भव्य कन्सर्ट प्रस्तुती गरिसकेको छ।सन २०२३ मा मानवताको लागी संगीत कार्यक्रम अन्तर्गत अष्ट्रेलियाका ८ सहरका अन्तराष्ट्रिय हलहरूमा कन्सर्ट गरिसकेको नेपथ्य अगष्टमा भने जापानको ३ प्रमुख शहरहरूमा आफ्नो प्रस्तुति दिदैछ।

सन् १९९१ मा स्थापना भएयता ९ वटा एल्बम प्रकाशित गरिसकेको नेपथ्यको पहिलो एल्बम नेपथ्य देखि ऐना झ्याल एल्बममा समावेश गीतहरु सबै उमेर समुहका नेपालीमाझ लोकप्रिय रहेको छ । नवौं एल्बम पछि, नेपथ्यले दसौं एल्बममा गीतहरूको रूपमा शिरफुल शिरैमा,नैन ताल,साइँली मोरीलाई लगायतका गीतहरू आफ्नो आधिकारिक युटूब च्यानलबाट अपडेट गरेको छ भने एधारौं एल्बम पहिलो गीतको रूपमा सन २०२२ मा भटभटे रिलिज गरेको छ। पप गीतलाई लोक लय र नेपाली मौलिक लोक गीतलाई लोक रक लयमा ढालेर नेपाली गीत संगितलाई अन्तराष्ट्रियकरण गर्दै आएको नेपथ्य नेपा~लय को ब्राण्डमा समेत परिचित छ ।

देशका प्रमुख शहरमा कन्सर्ट आयोजना गरेर मोफसललाई गीत संगीतको मनोरञ्जनसँगै सामाजिक कार्यमा समेत सहभागी गराउँदै आएको नेपथ्यले प्रवासमा रहेको नेपाली समुदायलाई समेत यसमा सहभागी गराउँदै गीत संगीत मार्फत सामाजिक कार्यमा योगदान दिंदै आएको छ ।

छेक्यो छेक्यो देउराली डाँडा,जोमसोमै बजार,रेशम,यो जीन्दगानी,जोगले हुन्छ भेट,लामपाते सुतरी,सा~कर्णाली,भेडाको ऊन जस्तो ,तालको पानी देखि पछिल्लो गीत शिर फुल शिरैमा लगायतका गीतहरू नेपथ्यका लोकप्रिय एवम सदावहार हिट गीतहरु मानिन्छ।

क्यानाडामा पहिलो पटक प्रस्तुति गर्ने कन्सर्टमा अमृतलाई सँधैझै ड्रमसेटमा ध्रुव लामा, किबोर्डमा सुरज थापा, बेस गितारमा सुविन शाक्य, गितारमा निरज गुरुङ र मादलमा शान्ति रायमाझीले सघाऊनेछन।अमृत गुरूड, दीपकजंग राणा र भीम पुनले स्थापना गरेको नेपथ्यमा हालसम्म २० भन्दा बढि गीत संगीतकर्मीहरु सहभागी भएर योगदान दिइसकेका छन् ।

युवा तन्नेरी सहित हरेक पुस्ताका नेपालीलाई नेपाली गीत संगीतमा चाख र गर्व गर्न लायक बनाउँदै आएको नेपथ्यको क्यानाडा यात्रालाई ऐतिहाँसिक र भव्य बनाउन आयोजक ‘ब्लू जिरियन’ले कुनै कसुर बाँकी नराख्ने बताएको छ।

यस कार्यक्रमका संयोजक दिपेन्द्र जंग केसी भन्छन “यहाँ बसोबास गर्दैआएका नेपालीहरुका निम्ति यो ऐतिहासिक क्षण बन्नेछ हामी आशा राख्दछौं।यो अवसरलाई क्यानाडामामा बसोबास गर्दैआएका नेपालीहरुले ब्यापक सहभागीताका साथ उत्सवका रुपमा मनाउने उनि बिश्वास गर्छन।”

टिकटको लागीः https://tickets.mhrth.com/5524/5526?_gl=1*hmw5q3*_gcl_au*MTA1OTcwMjA3Ny4xNjg5MTI1Njc0&_ga=2.246358916.1280529083.1689895547-1740059810.1689125674

प्रतिक्रिया