अमेरिकी पावरबल चिट्ठा क्यालिफोर्नियाका भाग्यशाली बिजेताले १ बिलियन डलर जिते

इनेप्लिज २०८० साउन ४ गते १०:५६ मा प्रकाशित

गत बुधबार राती खोलिएको अमेरिकी पावरबल चिट्ठा क्यालिफोर्नियाका भाग्यशाली बिजेताले १ बिलियन डलर जितेका छन् । गत सोमबार खोलिएको चिट्ठामा सबै अङ्क कसैले मिलाउन नसकेको कारण ९०० मिलियन डलरबाट वृद्धि भै १ अर्ब डलर अर्थात् १ बिलियन पुगेको थियो ।

गत बुधबार खोलिएको चिट्ठाको अङ्कहरु ७,१३ ,१० ,२४ ,१ र २४ रहेका थिए । पावरबलका अनुसार भाग्यशाली टिकट धारकले १.०८ बिलियनको वार्षिक पुरस्कार अथवा ५५८.१ मिलियन डलरको एकमुष्ट रकम प्राप्त गर्न सक्नेछन् । बिजेताले जसरी लिन चाहेता पनि पावरबलले व्यवस्था गर्नेछ ।

बुधबारको पुरस्कार सातौं ठूलो अमेरिकी चिट्ठा तथा तेस्रो ठूलो पावरबल चिट्ठा भएको व्यवस्थापनले जनाएको छ ।

क्यालिफोर्निया चिट्ठाका अनुसार टिकट लस एन्जलसको मुख्य बजार (डाउनटाउन)को लस पाल्मिटास सानो बजार (मिनी मार्केट)मा बेचिएको थियो।

पावरबलका अनुसार गत वर्ष क्यालिफोर्नियाका एक व्यक्तिले विश्व कीर्तिमान $२.०४ बिलियन पावरबल चिट्ठा जितेका थिए भने बिजेताले निक्कै ढिलो दाबी गरेका थिए ।

प्रतिक्रिया